इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता « Khabarhub

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पाकिस्तान पिपुल्स पार्टी पीपीपीको नेतृत्वमा विपक्षी दलहरुले खानविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि राजधानी इस्लामावादमा आयोजित र्‍यालीमा सहभागी हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै पीपीपीका नेता एवम् हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोले खानलाई राजीनामा दिन २४ घण्टाको म्याद दिएका थिए ।

सन् २०१८ मा सरकार सम्हालेयता खानले अर्थतन्त्र अस्तव्यस्त बनाएको र सुशासन दिन नसकेको भन्दै विपक्षीहरुले आलोचना गर्ने गरेका छन् । उच्च मुद्रास्फीती, व्यापार घाटा र विदेशी सञ्चितीको कमी हुँदै गएका कारण प्रधानमन्त्री खानलाई जनताले पत्याउन छाडेको विपक्षी नेताहरुले बताउँदै आएका छन् ।

रोयटर्सले जनाएअनुसार अविश्वासको प्रस्तावका पारित हुनका लागि पाकिस्तानी संसद्मा १७२ मतको आवश्यकता पर्छ । विपक्षी पार्टीहरुले भने १६१ मत आफूहरुसँग सुरक्षित रहेको र उनलाई हटाउन केबल ११ मतमात्रै चाहिएको बताउँदै आएका छन् ।

पूर्व राष्ट्रपति एवम् बिलावल भुट्टोका बुबा आशिफ अली जर्दारीले भने आफूहरुले १७२ भन्दा धेरै मत ल्याउने बताएका छन् । अब तल्लो सदनका सभामुखले २ साताको अवधिमा संसद् बैठक डाक्नुपर्ने प्रावधान छ । यद्यपि अविश्वासको प्रस्तावमा मतदान हुन भने केही समय लाग्नसक्ने बताइएको छ ।

राजनीतिक विश्लेषक एवम् विपक्षी दलका नेताहरुले पूर्व क्रिकेट खेलाडी खानलाई मुलुकको शक्तिशाली सेनाले साथ दिन छाडेको अर्थमा विश्लेषण गर्न थालेका छन् ।
यद्यपि खान र पाकिस्तानी सेनाले भने पाकिस्तानी राजनीतिमा सेनाको कुनै भूमिका नरहेको स्पष्ट पार्दै आएका छन् ।

यता खानले भने आफूलाई पदमुक्त गर्ने विपक्षीको योजना असफल पार्ने र यसका लागि आफू तयार रहेको दृढता व्यक्त गरेका छन् ।

गत वर्षमात्रै खानले अविश्वासको प्रस्तावमा भएको मतदानमा केबल ६ मतको झिनो अन्तरले विजय भएका थिए ।

पाकिस्तानमा अर्को वर्ष आम चुनाव हुँदैछ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ०५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको