पाकिस्तानी युवतीले मोदीलाई दिइन् धन्यवाद, कारण यस्तो « Khabarhub

पाकिस्तानी युवतीले मोदीलाई दिइन् धन्यवाद, कारण यस्तो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राजदूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी एक पाकिस्तानी युवतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् ।

भिडियो सन्देशमार्फत भारतीय दूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी पाकिस्तानी युवती आस्मा शफिकले मोदीलाई धन्यवाद दिएकी हुन् । ‘निकै गाह्रो अवस्थामा सहयोग गरेकोमा किभमा रहेको भारतीय राजदूतावासप्रति म कृतज्ञ छु ।’ भिडियोमा उनले भनेकी छिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी प्रति पनि कृतज्ञ छु । आशा गरौँ हामी सुरक्षित घर फिर्नेछौं ।’ भारतीय समाचार संस्था एएनआईले जारी गरेको उनको भिडियो सन्देशमा भनिएको छ ।

हाल उनी पश्चिम युक्रेनतर्फ लागेको र त्यहाँबाट उनी घर फिर्ने स्रोतहरूलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँबाट भारतीय दूतावासले आफ्ना नागरिकको उद्धार कार्यलाई तीब्र बनाइरहेको छ । उद्धारका क्रममा भारतले अपरेशन गङ्गाको नामबाट १६ हजार भन्दा धेरै नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : १३ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका