३२ किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

३२ किलो गाँजासहित दुई जना पक्राउ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा ३२ किलो अवैध लागूऔषध (गाँजा) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा सङ्कलन गरेर बिक्री गर्न लागेको अवस्थामा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई पक्राउ गरेको हो ।

खोटाङ र उदयपुरको सिमानामा पर्ने दुर्छिमको बतासेघाट नजिकै रहेको सुइटेखोला बगर किनारमा निलो प्लास्टिकको त्रिपालमाथि बोरामा पोका पारेर गाँजा बिक्री गर्न लागिरहेको सूचनाका आधारमा उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

प्रहरीले खानतलासी गर्दा त्रिपालमाथि राखेको विभिन्न रंगको प्लास्टिकको बोरामा ३२ किलो ४८५ ग्राम गाँजा बरामद गरेको छ । दुई जनालाई कानुन बमोजिम गाँजासहित पक्राउ गरी जिल्ला अदालतबाट लागूऔषध (गाँजा) कसुरमा ६ दिनको म्याद थप अनुमति दिएर हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डिएसपी लम्सालले बताए ।

उनीहरूले गाउँघरमा उत्पादित गाँजा सङ्कलन गर्दै अन्यत्रका बिक्रेतालाई बिक्री गर्ने गरेको प्रहरीले विज्ञाप्तीमार्फत जनाएको छ । गाँजा खरिद गर्ने व्यक्ति पर्खिरहेको अवस्थामा उनीहरूलाई इलाका प्रहरी कार्यालय महादेवस्थान, हलेसीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । गाँजा खरिद गर्न आउने व्यक्ति आउन अगावै उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ४९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको