आईपीएलः गुजरातसँग पञ्जाब पराजित « Khabarhub

आईपीएलः गुजरातसँग पञ्जाब पराजित


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरातले पन्जाब किङसलाई ६ विकेटले हराएको हो। पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

गुजरातको जितमा सुबमन गिलले ९६ रनको अर्धशतकीय इनिङ खेले। यस्तै शाइ सुधर्शनले ३५ रन जोड्दा कप्तान हार्दिक पान्डयले २७ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो।

पन्जाबका लियाम लिभिङस्टोनले ६४, शिखर धवन ३५ रन जोड्दा जितेश शर्माले २३ रन बनाए भने राहुल चाहर २२ रनमा अविजित रहे।

जितसँगै ३ खेलमा ६ अंक जोडेको गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित भएको पन्जाब ४ खेलमा २ अंक बनाएर छैटौं स्थानमा छ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ०३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको