एलियन्स पृथ्वीमा आक्रमणको तयारी गरिरहेका छन् ? | Khabarhub Khabarhub

एलियन्स पृथ्वीमा आक्रमणको तयारी गरिरहेका छन् ?



 

भौतिक विज्ञानको ‘मल्टिभर्स’ र अध्यात्मको ‘अनन्तकोटी ब्रम्हाण्ड’को सिद्धान्त अनुसार यो अस्तित्व कहाँसम्म फैलिएको छ, त्यसको कुनै सीमा छैन। आदि र अन्त्यहीन यो विराट अस्तित्वमा अहिलेसम्म वैज्ञानिकले पृथ्वीमाबाहेक अन्यत्र कतै पनि प्राणीको अस्तित्व फेला पार्न सकेका छैनन्।

पृथ्वी नै यस्तो हरित ग्रह हो, जहाँ असंख्य जीव बसोबास गर्छन्। तैपनि मानिसको मनमा वर्षौंदेखि उठिरहेको स्वभाविक प्रश्न हो–अनन्त कोटी ब्रम्हाण्डको कुनै न कुनै कुनामा पृथ्वीजस्तै जीवन अनुकुलको ग्रह र प्राणी नहोलान् त?

मानिसजस्तै या भिन्न प्रकृतिका प्राणी पक्कै कतै न कतै हुनुपर्छ। यही विश्वासका साथ वैज्ञानिकहरु पराग्रहमा जीवनको अस्तित्व (एलीयन)को खोजीमा कम्मर कसेर जुटिरहेकै बेला अमेरिकाका एक प्राध्यापकले पृथ्वीमा एलियन्स (पराग्रहका जीव)को उपस्थितिबारे व्यक्त गरेको धारणाले वैज्ञानिकबीच सनसनी मच्चाएको छ।

अमेरिकी प्राध्यापक डा. डेभिड ज्याकब्सले भनेका छन्, ‘पृथ्वीमा एलियन छन् र उनीहरुले मानिसको अपहरण गरिरहेका छन्। यति मात्र होइन, उनीहरु मानिसको सभ्यतामाथि आक्रमणको तयारी गरिरहेका छन्।’

पृथ्वी नै यस्तो हरित ग्रह हो, जहाँ असंख्य जीव बसोबास गर्छन्। तैपनि मानिसको मनमा वर्षौंदेखि उठिरहेको स्वभाविक प्रश्न हो–अनन्त कोटी ब्रम्हाण्डको कुनै न कुनै कुनामा पृथ्वीजस्तै जीवन अनुकुलको ग्रह र प्राणी नहोलान् त ?

‘द थ्रेट’ नामक पुस्तकका लेखक प्राध्यापक ज्याकब्सको दाबी अनुसार उनले त्यस्ता कयौं मानिसको अन्तर्वार्ता लिएका छन्, जो एलियनको आक्रमणबाट बचेका छन्। एलियनले अपहरण गरेको भनिएका कयौंं मानिससँगको अन्तर्वार्तापपछि प्राध्यापक ज्याकब्स पृथ्वीमा एलीयनले चलखेल गरिरहेको निष्कर्षमा पुगेका हुन्।

प्राध्यापक ज्याकब्स अमेरिकाको टेम्पल युनिभर्सीटीमा पढाउँछन् र यूएफओ विषयका विज्ञ हुन्। उनले ‘द थ्रेट’सहित एलियनको अपहरणबारे कयौं किताब लेखिसकेका छन्। आफ्नो खोजलाई एक वृत्तचित्रको रुपमा प्रस्तुत गरिसकेका छन्, जसको निष्कर्ष निकै डरलाग्दो छ।

यी प्राध्यापकका अनुसार एलियनहरु पृथ्वीमा कब्जा जमाउने तयारी गरिरहेका छन् र त्यसका लागि धमाधम मानिसको अपहरण गरिरहेका छन्। मानिसलाई अपहरण गरेर वशमा पारेपछि दिमाग कब्जा गरेर आफ्नो इशारामा नचाउने र मानिसमार्फत नै पृथ्वीमा आक्रमण गर्न लगाउने एलियनहरुको तयारी भएको उनको दाबी छ।

‘एलियन्स मानिसको दिमागमा कब्जा जमाउन चाहन्छन्। उनीहरुले मानिसजस्तै भएर यहाँ आक्रमण गर्ने तयारी गर्न अपहरीत मानिसको जिनसमेत निकाल्दै मानिसजस्तै एलियन पैदा पनि गरिरहेका छन्’, प्राध्यापकको डरलाग्दो दाबी छ।

हुन त, अन्य वैज्ञानिकका लागि प्राध्यापक ज्याकब्सको दाबी ‘पागलपन’जस्तै लाग्नसक्छ। तर, उनले यो क्षेत्रमा लामो समय खोज अनुसन्धान गरेकाले ठाडै उनले औल्याएका तथ्यप्रति अन्य वैज्ञानिक कम गम्भीर भने छैनन्। दुनियाले ‘पागल’ भने पनि ज्याकब्सले अलौकिक अपहरणको दाबीको अनुसन्धानलाई नै जीवनको मिसन बनाएका छन्। उनी पाँचौ पुस्तक लेख्दैछन्, ‘नयाँ मानिस’।

‘द थ्रेट’ नामक पुस्तकका लेखक प्राध्यापक ज्याकब्सको दाबी अनुसार उनले त्यस्ता कयौं मानिसको अन्तर्वार्ता लिएका छन्, जो एलियनको आक्रमणबाट बचेका छन्। एलियनले अपहरण गरेको भनिएका कयौंं मानिससँगको अन्तर्वार्तापपछि प्राध्यापक ज्याकब्स पृथ्वीमा एलियनले चलखेल गरिरहेको निष्कर्षमा पुगेका हुन्।

टेम्पल विश्वविद्यालयमा ३६ वर्षसम्म इतिहास विषय पढाएर सन् २०११ मा सेवा निवृत्त भएका ज्याकब्सले करीब १५० जना मानिसको अन्तर्वार्ता लिएका छन्, जसलाई एलियन्सले अपहरण गरेको भनिएको थियो। ज्याकब्सको दाबी छ, एलियन्सले कम्तीमा १० लाख अमेरीकीको अपहरण गरिसकेका छन्।

‘एलियन्सले किटको प्रयोग गरेर अपहरीत मानिसको प्रजनन अंगमा चलखेल गरेको बयान कतिपयको छ। एलियन्सले मानवको शुक्राणु र डिम्ब निकालिरहेका छन्। अपहरीत अधिकांश महिलाले एलियन्सले आफूलाई गर्भवती बनाएको दाबी गरेका छन्’, ज्याकब्सको दाबी छ।

एलियन्सले अपहरण गरेका मानिसहरु त्योबेला परिवारजनबाट अलग भएर बेपत्ता भएको सूचना पनि रेकर्डमा रहेको र फर्कदा तिनको शरीरमा कुनै चिह्न, चोट देखिएको पनि ज्याकब्सको दाबी छ।

सुरुमा अमेरीकी सरकारले ‘एरीया ५१’को अस्तित्व नकारे पनि पछि गएर स्वीकार गरेको थियो। कतिपयले सो क्षेत्रमा एलियन्सको दुर्घटनाग्रस्त विशेष यानको परीक्षण गरिएको दाबी गरेका थिए।

‘अपहरण गरिएका मानिससँग एलियन्सले भविष्यमा कुनै मिसनमा गर्नुपर्छसमेत भनेका छन्, त्यो मिसन भनेको पृथ्वीमा कब्जा जमाउनु नै हो’, उनले भनेका छन्।प्राध्यापक ज्याकब्सका अनुसार अपहरण गरिएका मानिसले यूएफओमा मानिसजस्तै एलियन्स देखेको बयान पनि दिएका छन्। ‘एलियन्सले अब मानिसको दिमागलाई नियन्त्रणमा राख्नेछन्। तर, हामी केही गर्न सक्नेछैनौं’, उनले भनेका छन्।

करोडौं मानिसको अपहरण ?
पराग्रहबाट आएका एलियन्सले पृथ्वीका मानिसहरुको अपहरण गरेको चर्चा बारम्बार हुने गरेको छ। सन् २००४ मा चीनमा हजारौं मानिसले विभिन्न समयमा पराग्रही जीवहरुले आफ्नो अपहरण गरेको दाबी गरेका थिए।

एक चिनियाँ नागरिकले आफूलाई एलियन्सले अपहरण गरेर यूएफओ (पराग्रहीको यान)मा राखेको र पुरै चीनको भ्रमण गराएर पुनः घरमै ल्याएर छाडेको दाबी गरेका थिए।

चीनका हजारौं, ४० लाख अमेरिकी र विश्वका करिब १० करोड मानिसले एलियन्सले अपहरण गरेको दाबी गरिसकेका छन्। अपहरण गरिएको भनिएका कतिपय मानिसले भनेका छन्, ‘एलियन्सले अपहरण गरेर लगेपछि आफ्नो विशेष प्रविधिको उपयोगबाट मेरो पुरानो रोग निको पारिदिए।’

कसै कसैले एलियन्सले आफ्नो शरीरको सानैदेखिको बांगो हाड स्टीलजस्तै देखिने धातुको रड हालेर केही घन्टामै सोझो पारिदिएको बयान दिएका थिए। यद्यपी, एलियन्सले मानिसको अपहरण गरेको घटनाको न त आजसम्म कुनै फोटो खिचिएको छ, न त कसैले देखेको छ। एलीयन्स आफ्ना गतिविधि गोप्य ढंगले गरिरहेका छन् भन्ने तर्कलाई भने यसले बल मिलेको छ।

चीनका हजारौं, ४० लाख अमेरिकी र विश्वका करिब १० करोड मानिसले एलियन्सले अपहरण गरेको दाबी गरिसकेका छन्। अपहरण गरिएको भनिएका कतिपय मानिसले भनेका छन्, ‘एलियन्सले अपहरण गरेर लगेपछि आफ्नो विशेष प्रविधिको उपयोगबाट मेरो पुरानो रोग निको पारिदिए।’

पक्कै, एलियन हुनुपर्छ
इजरायलका पूर्व अन्तरीक्ष रक्षा प्रमुख हयाम इशेदले दुई वर्षअघि एलियनबारे आश्चर्यजनक दाबी गरेका थिए। इशेदले भनेका थिए, ‘पृथ्वीमा एलियन्स छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यसबारे जानकारी छ। राष्ट्रपति ट्रम्प एलियनका बारेमा पृथ्वीबासीलाई जानकारी दिन चाहन्थे, तर एलियन्सले नै गोप्य राख्न भने।’

पूर्व रक्षा प्रमुख इशेदका अनुसार एलियन्सको अस्तित्वको सत्य स्वीकार्न र अपनाउन अझै पृथ्वीबासी तयार नभएकाले हाललाई यो रहष्य गोप्य राख्न तात्कालीन राष्ट्रपति ट्रम्प र एलियन्स नाइकेबीच सम्झौता भएको थियो।
८७ वर्षीय इशेद लामो समयसम्म अन्तरीक्ष सुरक्षा कार्यक्रमका प्रमुख थिए। अमेरिकी सरकार र एलिन्यस मिलेर एउटा ‘ग्यालेक्टिक फेडरेशन’ (आकाशगंगीय संघ) बनाएको र हाललाई पराग्रही जीवको रहष्य गोप्य राख्ने सम्झौता भएको इशेदको दाबी छ।

‘सम्झौता अनुसार अमेरिकाको सहयोगमा एलियन्ससँग मिलेर ब्रम्हाण्डकै अध्ययन भइरहेको छ। अनेकौं संयुक्त अध्ययन भइसकेका छन्। मंगल ग्रहमा गोप्य भूमिगत बेस तयार गरिएको छ, जसको माध्यमबाट ब्रम्हाण्डको बृहत अध्ययन चलिरहेको छ’, इशेदको दाबी छ।

अर्को दाबी झन आश्चर्यजनक छ। रुसका राजनीतिज्ञ किरसान इल्युझिनोवले सन् १९९७ सेप्टेम्बर १८ मा एलियन आफ्नो अपार्टमेन्टमा आएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘एलियन्सले मेरो अपहरण गरे र केही समयपछि छाडिदिए।’

पूर्वराष्ट्रपति ट्रम्पले यो रहष्य खोल्न चाहन्थे, तर एलियन्सले रोके। इशेदका अनुसार एलियन्सले ट्रम्पलाई भनेका थिए, ‘हामी त्यसबेलासम्म पृथ्वीका मानिस सामु प्रकट हुने छैनौं, जबसम्म मानवता पूर्ण रुपमा विकसीत हुनेछैन। मानिसले जबसम्म ब्रम्हाण्डका सबै अन्तरीक्ष र अन्तरीक्ष यानका रहष्य बुझ्ने छैनन, तबसम्म हामी उनीहरु सामु प्रकट हुनुको अर्थ छैन।’

पूर्वअन्तरीक्ष रक्षा प्रमुख इशेदको यस्तो बयान सामाजिक संजालमा निकै भाइरल भयो। उनका अनुसार यदि पाँच वर्ष पहिले तात्कालीन राष्ट्रपति ट्रम्पले एलियन्सको रहष्य खोलेको भए उनी अस्पतालमा भर्ति भइसकेका हुन्थे। इशेदले आफ्नो एक पुस्तकमा गरेको यस्तो दाबीबारे अमेरीकी सरकार र स्वयं ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन्।

लण्डनस्थित क्याम्ब्रीज विश्वविद्यालयमा जीव वैज्ञानिक साइमन कोनवे मोसिले भनेका छन्, ‘एलियन्स वास्तवमा हुन्छन्। उनीहरु मानिसजस्तै हुनसक्छन्, जोसँग अंग र टाउको छ। कहाँसम्म भने बुद्धीमतापूर्वक सोच्ने क्षमता पनि उनीहरुसँग हुनसक्छ।’

उनले ब्रम्हाण्डमा कतै पराग्रही जीव विकास हुने संभावना ‘अत्याधिक भएको’ दाबी पनि गरेका छन्। आफ्नो ‘द रुन्स अफ इभोलुशन’ नामक नयाँ पुस्तकमा उनले जीव विकासको प्रकृया अराजक हुनुको साटो एउटा निश्चित नियममा अघि बढनसक्ने उल्लेख गर्दै एलियन्सको विकास पनि मानिसको जस्तै हुनसक्ने दाबी गरेका छन्।

‘विकासको नियम शास्वत हो भने पृथ्वीमा जे लागू हुन्छ, त्यो आकाशगंगा र त्यसभन्दा पर पनि त्यही लागू हुन्छ। कुनै पनि नउम्लीने र नजम्ने धर्तीमा बुद्धीमान जीवनको उत्पत्ती निश्चित छ। यसको अर्थ अलौकिक प्राणीसँग टाउको राख्न शरीर त पक्कै होला, अनि उनीहरु बुद्धीमान पनि हुनसक्छन्, जस्तो हामी पृथ्वीबासी छौं’, उनले भनेका छन्।
एलियन्सका बारेमा अनेक किस्सा सुन्न पाइन्छ। विश्वका केही मुलुकका सरकारलाई एलियन्सका बारेमा जानकारी भए पनि लुकाइएको कतिपय विश्लेषकको दाबी छ। कतिपय भरपर्दा वैज्ञानिकले त एलियन्स पृथ्वीमै रहेको दाबी गरेका छन्।

न्यूक्लियर वैज्ञानिक स्टेन्टन फ्रीडम्यानले अमेरिकाको चर्चित रोजवेल यूएफओ दुर्घटनाको अनुसन्धान गरेका थिए। उनले पनि एलियन्स पृथ्वीमा मानिसकै बीचमा रहेको दाबी गरेका थिए। उनले भनेका थिए, ‘एलियन्सले पृथ्वीको भ्रमण गरेको र उनीहरु हाम्रै बीचमा रहेको प्रमाण फेला परेको छ।’

अमेरिका एउटा यस्तो गुप्त क्षेत्र छ, जहाँ कसैलाई प्रवेश गर्न दिइदैन र त्यसका बारेमा आम मानिसलाई कुनै जानकारी दिइदैन।

अमेरिका एउटा यस्तो गुप्त क्षेत्र छ, जहाँ कसैलाई प्रवेश गर्न दिइदैन र त्यसका बारेमा आम मानिसलाई कुनै जानकारी दिइदैन। ‘एरीया ५१’का रुपमा चर्चित सो क्षेत्रमा अमेरीकी सरकारले एलियन्सलाई लुकाएर राखेको चर्चा हुँदै आएको छ। सुरुमा अमेरीकी सरकारले ‘एरीया ५१’को अस्तित्व नकारे पनि पछि गएर स्वीकार गरेको थियो। कतिपयले सो क्षेत्रमा एलियन्सको दुर्घटनाग्रस्त विशेष यानको परीक्षण गरिएको दाबी गरेका थिए।

अर्को दाबी झन आश्चर्यजनक छ। रुसका राजनीतिज्ञ किरसान इल्युझिनोवले सन् १९९७ सेप्टेम्बर १८ मा एलियन आफ्नो अपार्टमेन्टमा आएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘एलियन्सले मेरो अपहरण गरे र केही समयपछि छाडिदिए।’

रुसी नेताको यो दाबी विश्वसनीय किन मानियो भने उनका चालक, मन्त्री र सहायकलेसमेत इल्युझिनोव रहष्यमय तरिकाले गायब भएको पुष्टि गरेका थिए। रुसी सरकारले पनि यो दाबीमा विश्वास गरेको पाइन्छ। कतै इल्युझिनोवले एलियन्ससँग रुसका सारा गोपनियता त खोलेनन् भन्ने रुसी अधिकारीको चिन्ता मिडियामै छरपस्ट भएको थियो।
यसैगरी रुसका पूर्वप्रधानमन्त्री दमित्री मेदभेदेवले कयौं पटक पृथ्वीमा एलियन्सको उपस्थितिको दाबी गरेका थिए। उनले एक सार्जजनिक सम्बोधनका क्रममा भनेका थिए, ‘एलियन्स मानिसकै बिचमा छन् र मानिससँगै मिलेर ब्रम्हाण्डका रहष्य खोतल्ने अनुसन्धानमा जुटिरहेका छन्।’

क्यानडाका पूर्वरक्षामन्त्री पाउल हेलरले पनि पृथ्वीमा एलियन्सको आवतजावत भइरहेको दाबी गरेका थिए। उनले भनेका थिए, ‘केही वर्ष यता एलियन्सको गतिविधि निकै बढेको छ। उनीहरु खासमा पृथ्वीमा बढ्दै गएको परमाणु हतियारको होडबाट निकै चिन्तित छन्।’

रुसका पूर्वप्रधानमन्त्री दमित्री मेदभेदेवले कयौं पटक पृथ्वीमा एलियन्सको उपस्थितिको दाबी गरेका थिए। उनले एक सार्जजनिक सम्बोधनका क्रममा भनेका थिए, ‘एलियन्स मानिसकै बिचमा छन् र मानिससँगै मिलेर ब्रम्हाण्डका रहष्य खोतल्ने अनुसन्धानमा जुटिरहेका छन्।’

सन् २०१५ मै अमेरिकी सुरक्षा एजेन्सीका गोप्य सूचना पर्दाफास गर्ने पूर्वअधिकारी एडवर्ड स्नोडनले एलियनले पृथ्वीमा सम्पर्कको प्रयास गरिरहेको दाबी गरेका थिए। वैज्ञानिक नील डेग्रास टाइसनको पोडकास्ट कार्यक्रम ‘स्टार टक’मा बोल्दै स्नोडनले भनेका थिए, ‘एलियन्स सभ्यतासँग मानिसको सम्पर्क हुन नसक्नुको कारण इनक्रिप्सन (प्राविधिक सुरक्षा कोडीङ) हुनसक्छ। हामीले भूउपग्रहमार्फत एलियन्स सभ्यताका बारेमा सुन्न या बुझ्न खोज्दा उनीहरुको सम्पूर्ण संचार इनक्रिप्टेड रहन्छ। हामीले एलियन्सका बारेमा जे सुनिरहेका छौं, त्यो खासमा एलियनको टीवी शो या फोन कल हो, तर कस्मिक टमाइक्रोवेब ब्याकग्राउण्डका कारण हामीले स्पष्ट सुन्न सकिरहेका छैनौं।’

स्नोडन सिआइएमा कर्मचारी रहँदा गोप्य सूचना चोरेका थिए। उनले ति सूचना लिक गरेका थिए, जसबाट के संकेत मिल्छ भने अमेरिकालाई एलियन्सको ‘टल वाइट’ नामबाट निर्देशन प्राप्त भइरहेको छ। खासमा स्नोडनले पर्दाफास गरेको सूचना अनुसार ‘टल वाइट’ एलियन्सको त्यस्तो प्रजाती हो, जसले पहिलो विश्वयुद्धपछि नाजीलाई सत्ता दिलाएको दाबी गरिएको थियो। पहिलो विश्वयुद्धपछि तिनै एलियन्सले अमेरिकामाथि पनि नियन्त्रण जमाउन थालेको दाबी पनि गरिएको थियो।

एलियन्सको खोजी अभियान
बेलायतका चर्चित भौतिकशास्त्री स्टीफन हकिङले सन् २०१५ जून २० मा ब्रम्हाण्डमा जीवनको अस्तित्वको खोजीका लागि सबैभन्दा ठूलो अभियान ‘द ब्रेकथ्र लिसेन’को सुरुवात गरेका थिए। यो महत्वाकांक्षी परियोजनामा अमेरिकाको सिलिकन भ्यालीमा कार्यरत रुसी व्यवसायी यूरी मिलनरको सहयोग थियो।

यो अभियानले अहिले ‘दोश्रो दुनिया’मा मानवजस्तै चेतनशील जीवनको चिह्न खोज्न बृहत र गहन अध्ययन गरिरहेको छ। ‘समयको संक्षिप्त इतिहास’ र ‘द ग्रान्ड डिजाइन’ पुस्तकका लेखक हकिङले ब्रम्हाण्डमा अन्यत्र पनि जीवनको अस्तित्व हुनसक्ने विश्वास व्यक्त गरेका थिए।

‘अबका बिस पच्चिस वर्षमा मानिसले एलियन्स (परग्रही सभ्यता)सँग या त सम्पर्क स्थापित गर्नेछ या यस्तो कुनै सभ्यताको खोज अवश्य गर्नेछ। यो असीमित ब्रम्हाण्डमा कहीं न कहीं त जीवन अवश्य छ। अब समय भइसकेको छ, हामीले पृथ्वीभन्दा बाहिरको सभ्यताको खोजी गर्नुपर्छ’, हकिङले लन्डनस्थित रोयल साइन्स एकेडमीमा बोल्दै भनेका थिए।

पराग्रही सभ्यताको खोजमा ‘द ब्रेकथ्र लिसेन’ परियोजना हालसम्मकै सबैभन्दा खर्चिलो मिसन हो। सन् २०२५ सम्म यो अभियान अन्तर्गत ती लाखौं ताराबाट आउने संकेतको अध्ययन भइरहेको छ, जुन पृथ्वीको नजिक छन्। यसका लागि दुई शक्तिशाली टेलिस्कोपको उपयोग गरिदैछ। अमेरिकाको वेस्ट भर्जिनियास्थित ग्रीन बैंक टेलिस्कोप र अस्ट्रेलियाको न्यू साउथवेल्सस्थित पाक्र्स टेलिस्कोपमार्फत एलियन्सका गतिविधि नियालिदैछ।

हुन त हामीभन्दा लाखौं प्रकाश वर्ष टाढा रहेका अन्य सौर्य मण्डलमा सूर्यजस्ता तारा वरीपरी पृथ्वीजस्ता ग्रहको खोजी बितेका तीन दशकबाटै हुँदै आएको छ। सन् १९९० को दशकबाटै ब्रम्हाण्डमा अन्यत्र पनि पृथ्वीजस्तै जीवनोपयोयी ग्रहको अस्तित्वका संकेत मिल्न थालेका छन्।

सन् १९९२ मा पहिलो पटक तरंग र विकिरण फाल्ने ‘पल्सर तारा’को वरीपरी ग्रहजस्तै कुनै पिण्ड हुने अनुमान गरिएको थियो। जब खोज घनिभूत पारियो, अहिलेसम्म पृथ्वीजस्ता करीब अढाइ हजार ग्रहको सूची तयार भइसकेको छ। तीनमा पनि ५ सय ग्रह त यस्ता छन्, जुन पृथ्वीजस्तै देखिन्छन्।

सन् १९९२ मा पहिलो पटक तरंग र विकिरण फाल्ने ‘पल्सर तारा’को वरीपरी ग्रहजस्तै कुनै पिण्ड हुने अनुमान गरिएको थियो। जब खोज घनिभूत पारियो, अहिलेसम्म पृथ्वीजस्ता करीब अढाइ हजार ग्रहको सूची तयार भइसकेको छ।

पृथ्वीजस्तै आफ्नो सूर्यको हेबिचुअल दूरीमा रहेका ती ५ सय ग्रहमध्ये कुनै न कुनैमा जीवनको अस्तित्व हुनसक्ने संभावना छ। अझ, कतिपय ग्रहमा त बुद्धीमान प्राणी पनि हुनसक्छन्, जसको मानिसले कल्पना गर्दै आएका छन्।
हालै मात्र ब्रिटेनका वैज्ञानिकले नासाको केपलर भूउपग्रहबाट प्राप्त डाटाका आधारमा यस्तो सौर्य मण्डल पत्ता लागेको दाबी गरेका छन्, जसको सूर्य वरिपरी पृथ्वीजस्ता पाँच वटा ग्रह परिक्रमा गरिरहेका छन्।

बर्मिंघम विश्वविद्यालयका खगोलविदहरुले केपलर भूउपग्रहले खोजेको सूर्यको नाम ‘केपलर १४४’ राखेका छन्। यो सूर्य आजभन्दा ११ अरब २० करोड वर्ष पहिले निर्माण भएको अनुमान छ। यसको वरिपरी बुध र शुक्रजत्रो आकारका कुल पाँच ग्रह घुमिरहेका छन्।

अमेरीकी वैज्ञानिकले पनि केपलर टेलिस्कोपको सहायताले पृथ्वीसँग मिल्दोजुल्दो आठ वटा नयाँ ग्रह पत्ता लगाएको दाबी गरेका छन्। यसमध्ये एउटा ग्रह त संरचनाका हिसाबले पृथ्वीसँग ठयाक्कै मिल्ने पनि बताइएको छ। यस्ता ग्रहमा ‘ग्लीज ६६७ सीसी’, ‘ग्लीज ५८१ डी’, ‘एचडी ८५५१२ बी’ र ‘ग्लीज ५८१ जी’ आदि ग्रहलाई धेरै हदसम्म पृथ्वीजस्तै ग्रह मानेर तीनमा जीवनको सम्भावना व्यक्त गरिएको छ।

अहिलेसम्म अन्तरिक्षमा कतै पनि जीवन या एलियन्सको उपस्थिति पत्ता लागेको छैन। यसका लागि वैज्ञानिक प्राविधिको सीमितता नै मुख्य कारण मान्छन्। एलियन्स जहाँ छन्, त्यहाँसम्म पुग्न पृथ्वीको मानव सभ्यतासँग भएको प्रविधि पर्याप्त नहुनसक्छ। मानौं, एलियनहरु आफै उन्नत छन् र उनीहरुले आफ्नो सभ्यताबारे कसैले थाहा नपाउन् भनेर उच्च प्रविधिको सुरक्षा कवच आफ्नो ग्रह वरीपरी जडान गरेका हुनसक्छन्। अथवा उनीहरुले हामीलाई त हेरिरहेका छन्, हाम्रा गतिविधिमाथि वाच गरिरहेका छन्, तर त्यसबारे हामी अनविज्ञ हुनसक्छौं।

मंगल ग्रहसम्म भर्खर ‘स्पीरीट’ र ‘अपरचुनीटी’ नामक मार्स रोवर पुगेका छन्, जसबाट केही हदसम्म जानकारी प्राप्त भएको छ। तर, हाम्रो सौर्य मण्डलकै अन्य ग्रह र आकाश गंगाभित्रका अन्य सौर्य मण्डल र ग्रहबारे अन्तरीक्षमा पठाइएको भूउपग्रहीय दूरबिन र पृथ्वीमा भएका रेडियो टेलिस्कोपबाट अध्ययन भइरहेको छ।

टाढाका पृथ्वीजस्ता ग्रहलाई टेलिस्कोपबाट हेर्न त सकिन्छ। तर, ती निकै साना देखिन्छन्। मधुरा आकृति देखिने भएकाले तीनमा जीवनको सम्भावनाबारे यकिनसाथ केही भन्न नसकिए पनि त्यहाँ जीवनको सम्भावनालाई नकार्न पनि सकिदैन।

सन् १९७६ मा पराग्रहबाट एउटा संकेत प्राप्त भएको भनियो। खगोलविद एन्टनी हेविश र जोएलिन बर्नेलले अन्तरीक्षको एउटै स्थानबाट लगातार १३३ सेकेन्डसम्म आएको रेडियो सन्देशलाई रेकर्ड गरेका थिए।

त्यहाँ पृथ्वीजस्तै निलो र हरियो सतह देखिने ती ग्रहमा अक्सिजन र नाइट्रोजनले भरिएको वायुमण्डल र पानीले भरिएको समुद्र हुनसक्छ। यदि समुद्र र वायुमण्डलकै कारण ती ग्रह पृथ्वीजस्तै देखिएका हुन् भने त्यहाँ जीवनको अस्तित्वलाई नकार्न सकिदैन। हुनसक्छ, आउँदा केही वर्षमा नयाँ पुस्ताले अझ उन्नत टेलिस्कोपको सहाराले टाढाका ती ग्रहको वायुमण्डलमा जीवित प्राणीले उत्सर्जन गरेको ग्यासको पनि पत्ता लगाउनेछन्।

रहष्यमै यूएफओ
करीब दूई सय आकाशगंगाको कुनै कुनामा मानिस या अन्य प्राणीको अस्तित्व हुनसक्छ। तैपनि अहिलेसम्म तिनले पृथ्वीबासीलाई आफ्नो अस्तित्वको कुनै संकेत भने दिएका छैनन्। सन् १९७६ मा पराग्रहबाट एउटा संकेत प्राप्त भएको भनियो। खगोलविद एन्टनी हेविश र जोएलिन बर्नेलले अन्तरीक्षको एउटै स्थानबाट लगातार १३३ सेकेन्डसम्म आएको रेडियो सन्देशलाई रेकर्ड गरेका थिए।

उनीहरुले सो सन्देशलाई ‘एलजीएम’ (लिटिल ग्रीन म्यान’ नाम दिएका थिए। तर, त्यसबाट त्यो कुनै एलियनको सन्देश थियो भन्ने चाहिँ पुष्टी हुन सकेन। तर, यही खोजका आधारमा हेविशले सन् १९७४ मा पल्सर ताराहरुको अनुसन्धानका लागि नोबेल पुरस्कार चाहिँ पाए।

हुन त विश्वभर रहष्यमय यान (यूएफओ)हरु पृथ्वीमा आएका अनेक दाबी अहिले पनि हुँदै आएका छन्। तर, ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन। सन् २०१५ मा अमेरिकाको खुफीया एजेन्सी सिआइएले एउटा रहष्य खोलेको थियो। सन् १९५० देखि १९६० को दशकमा पुरै विश्वमा आकाशमा यूएफओ देखिने र त्यसमार्फत एलियन्स पृथ्वीमा आउने जुन कथित घटना देखियो, त्यसमा आधाजसो घटनामा सिआइएकै भूमिका थियो।

सिआइएका अनुसार ती यूएफओ नभइ अमेरिकाका ‘यू–२ खुफिया विमान’ थिए, जसलाई सन् १९५४ देखि सन् १९७४ को बीचमा उडाइएको थियो। ती विमान ६० हजार फिटको उचाइमा उडथे, जसको सूचना कसैलाई दिइएको थिएन।
कहाँसम्म भने अन्य विमान चालकलाई समेत ती खुफिया विमानबारे जानकारी दिइएको थिएन, जसले गर्दा उनी तिनलाई एलिन्यस सवार यूएफओ नै ठान्थे। तिनै विमानलाई आकाशमा देख्नेहरुले कुनै रहष्यमय पिण्ड या यान ठान्थे, सोही कारण विश्वभरी एलियन्स र तिनको विमानको चर्चा चुलिएको थियो। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ४९ बजे

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार