अभिनेता बिष्टलाई विराटनगर महानगरको सम्मान « Khabarhub

अभिनेता बिष्टलाई विराटनगर महानगरको सम्मान


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्माता समेत रहेका अभिनेता गजित बिष्टलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ।

महानगरको सांस्कृतिक सल्लाहकारसँगै नेपाली फिल्म, गीत संगीतको श्रीवृद्धिमा खेलको भूमिकाको मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ।

महानगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा बिष्टलाई खादा, फूलमालासहित सम्मानपत्र प्रदान गरे । विष्ट लामो समयदेखि फिल्म निर्माण, अभिनय र मोडलिङमा क्रियाशील छन् ।

‘मायाज बार’ शीर्षकको फिल्मबाट अभिनयमा प्रवेश गरेका बिष्टले ‘लभ यु बाबा’, ‘हैरान’आदि फिल्म निर्माण गरेका छन् ।

भर्खरै डान्स च्याम्पियनको निर्देशन गरेका बिष्टले चाँडै नयाँ फिल्म निर्माणको काम अगाडि बढाउने तयारी गरेका छन् ।

गजितले विराटनगरबाटै कलाकारिता सुरु गरेका हुन् । कोरियोग्राफर र मार्सल आर्ट खेलाडीको रुपमा करिअर सुरु गरेका उनले मैतिदेवीमा ‘डान्स फिभर’ नामको नृत्य स्कुल चलाइरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : २५ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह