नगरपालिकाद्वारा २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी रकम प्रदान « Khabarhub

नगरपालिकाद्वारा २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी रकम प्रदान


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ ।

नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा एक लाखका दरले रकम उपलब्ध गराएको हो । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दै आएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो ।

स्थापना कालदेखि हालसम्म जनही मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्ने गरी बीउ पुँजी रकम थप गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन्।

नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमूलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८/०७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत  बीउ पुँजी उपलब्ध गराइएको हो ।

११ वडा रहेको नगरपालिकामा हाल १ सय ५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियासिल रहेको समूहलाई छनोट गरेर बीउ पुँजी रकम प्रदान गरेको हो।

नगरपालिकाले उपलब्ध गराएको एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको व्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने सर्त छ ।

समूहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको उपमेयर राईले बताइन्।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : १६ बजे

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

काठमाडौं- सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी