नगरपालिकाद्वारा २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी रकम प्रदान « Khabarhub

नगरपालिकाद्वारा २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी रकम प्रदान


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ ।

नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा एक लाखका दरले रकम उपलब्ध गराएको हो । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दै आएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो ।

स्थापना कालदेखि हालसम्म जनही मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्ने गरी बीउ पुँजी रकम थप गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन्।

नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमूलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८/०७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत  बीउ पुँजी उपलब्ध गराइएको हो ।

११ वडा रहेको नगरपालिकामा हाल १ सय ५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियासिल रहेको समूहलाई छनोट गरेर बीउ पुँजी रकम प्रदान गरेको हो।

नगरपालिकाले उपलब्ध गराएको एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको व्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने सर्त छ ।

समूहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको उपमेयर राईले बताइन्।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : १६ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको