तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथन, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन  « Khabarhub

तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथन, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन 


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् ।

चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी थिए  ।

कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी छन् । आयोजक कर्णाली स्पोर्स्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् ।

मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभई कर्णालीकै शिर उच्च राखेको बताए । उनले कर्णाली प्रदेश सरकारले यसको लागि आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री शाहीले बैकुण्ड मानन्धर जस्ता खेलाडीको साथ सहयोग समेत भएकोमा खुशी व्यक्त गरे । उनले विश्व रेकर्ड राख्ने कर्णालीले क्षमताको यस प्रतियोगिताले सन्देश दिएको छ ।

जुम्ला सदरमुकाम खलंगादेखि मुगु राराताल सम्मको उक्त प्रतियोगितामा प्रथम हुने खेलाडी महिला र पुरुषलाई  एक/एक लाख धनराशी पुरस्कार दिने क्लबका अध्यक्ष सरोज शाहीले बताए।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : ३८ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९