तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथन, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन  « Khabarhub

तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथन, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन 


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् ।

चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी थिए  ।

कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी छन् । आयोजक कर्णाली स्पोर्स्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् ।

मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभई कर्णालीकै शिर उच्च राखेको बताए । उनले कर्णाली प्रदेश सरकारले यसको लागि आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री शाहीले बैकुण्ड मानन्धर जस्ता खेलाडीको साथ सहयोग समेत भएकोमा खुशी व्यक्त गरे । उनले विश्व रेकर्ड राख्ने कर्णालीले क्षमताको यस प्रतियोगिताले सन्देश दिएको छ ।

जुम्ला सदरमुकाम खलंगादेखि मुगु राराताल सम्मको उक्त प्रतियोगितामा प्रथम हुने खेलाडी महिला र पुरुषलाई  एक/एक लाख धनराशी पुरस्कार दिने क्लबका अध्यक्ष सरोज शाहीले बताए।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : ३८ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व