सङ्खुवासभाका ८ मतदानस्थल अति संवेदनशीलको सूचीमा  « Khabarhub

सङ्खुवासभाका ८ मतदानस्थल अति संवेदनशीलको सूचीमा 


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाका ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

 स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति सङ्खुवासभाले ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो । 

जिल्लाका एक सय ३  ओटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशीलताको हिसाबले ८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए । 

एक सय ३ ओटा मतदानस्थल मध्ये १६ वटा मतदानस्थल सामान्य, ७९ वटा संवेदनशील, ८ वटा अति संवेदनशील सूचीमा वर्गीकरण गरिएको सहायक प्रमुख  जिल्ला अधिकार घिमिरेले बताए । 

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ ।  

अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए । अति संवेदनशील मतदानस्थलमा ३ हजार ४ सय ३८  जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।

अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने घिमिरेले बताए । निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ । 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : ५७ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल