सङ्खुवासभाका ८ मतदानस्थल अति संवेदनशीलको सूचीमा  « Khabarhub

सङ्खुवासभाका ८ मतदानस्थल अति संवेदनशीलको सूचीमा 


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाका ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

 स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति सङ्खुवासभाले ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो । 

जिल्लाका एक सय ३  ओटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशीलताको हिसाबले ८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए । 

एक सय ३ ओटा मतदानस्थल मध्ये १६ वटा मतदानस्थल सामान्य, ७९ वटा संवेदनशील, ८ वटा अति संवेदनशील सूचीमा वर्गीकरण गरिएको सहायक प्रमुख  जिल्ला अधिकार घिमिरेले बताए । 

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ ।  

अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए । अति संवेदनशील मतदानस्थलमा ३ हजार ४ सय ३८  जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।

अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने घिमिरेले बताए । निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ । 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : ५७ बजे

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय