गभर्नर हटाउने निर्णयप्रति ओलीको टिप्पणी : धान खाने मुसो, चोट पाउने भ्यागुतो « Khabarhub

गभर्नर हटाउने निर्णयप्रति ओलीको टिप्पणी : धान खाने मुसो, चोट पाउने भ्यागुतो


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार काठमाडौँको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले यसलाई ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखानसँग तुलना गरे। उनले भने-‘हिजो मात्रै हामीले देख्यौँ, थुतुनाभरि रौँ भएको मुसाले धान खायो। एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गर्‍यो। धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो। अनि उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्‍यो ।’

‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुका हातमा परेको छ’, ओलीले भने, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थविद्, अर्थशास्त्री र राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो।’

उनले छानबिन समितिप्रति पनि आशंका व्यक्त गरे। माओवादीले नियुक्त गरेको र माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनाएको उनले बताए।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : १५ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले