औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन « Khabarhub

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – श्रीपुर र कबिलासपूरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान होस् एक वर्ष अघिसम्म निक्कै कठिन थियो ।

अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जान परेमा जंघाहा खोलामा हेलिनै पर्ने हुन्थ्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफ्न्त गुमाएको उनीहरूसँग नमिठो विगत छ ।

करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माण भएयता औरहीवासी निकै खुसी भएका छन् ।

Avatar

औपचारिक रुपमा पुल सञ्चालनमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

कबिलासपूरका अजय दासले खुसी पोखे, ‘हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।’

वडा नम्बर ४ को कबिलासपूर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुल हुँदा सहज भएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पुर्‍याउन र एक गाउँबाट अर्को गाउँ जान सहज भएको उनीहरू बताउँछन् ।

Avatar

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुलमात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यालय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्य चौकीको पनि उद्घाटन गरेका छन् ।

करिब एक सय ९५ मिटर लम्बाइको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन वर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।

श्रीपुर र कबिलासपुरका साना नानीहरूलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कबिलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यमिक विद्यालय छ । यस विद्यालयमा उक्त गाउँका करिब पाँच सय विद्यार्थी पढ्छन् ।

गाउँमा उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्‍याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

पहिलेको तुलनामा व्यवसायिक खेती गर्नेको संख्या बढीरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : १० बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल