ईयूले युक्रेनमा कूटनीतिक गतिविधि राजधानी किभबाटै गर्ने « Khabarhub

ईयूले युक्रेनमा कूटनीतिक गतिविधि राजधानी किभबाटै गर्ने


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएका आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियन ईयूले जनाएको छ ।

ईयूका शीर्षस्थ पदाधिकारीले किभको भ्रमण गरेलगत्तै यस्तो भनाइ आएको हो । यसअघि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइन र ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले किभको भ्रमण गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने बोरेलले विश्वास व्यक्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

युक्रेनमा रुसले २४ फेब्रुवरीमा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए ।

पछिल्लो समय रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : १२ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्