काठमाडौँ – रामनवमीका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्ति अनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ ।
रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया