वैशाख ३० मा चुनाव घोषणा गरी जनप्रतिनिधिहरूको अधिकार हनन् गरियोः नेपाल « Khabarhub

वैशाख ३० मा चुनाव घोषणा गरी जनप्रतिनिधिहरूको अधिकार हनन् गरियोः नेपाल


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् ।

नेकपा (एस) निकट दोलखा–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यकर्ता भेलामा अध्यक्ष नेपालले वैशाख ३० मा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे ।

‘३० वैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले शुक्रबार आचारसंहिताको कुरा पनि अघि सारेको छ– समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरूको अझै ५ वर्ष पुगेको छैन ।’

‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच वर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच वर्ष पुग्नेहरूको भावना विपरीत छ ।’ स्थानीय तह निर्वाचनमा ३० वैशाखमा गराउने सरकारको निर्णयविरुद्धमा भंगहा नगरपालिकाका मेयर संजिवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसङ्ग उल्लेख नगरी त्यसतर्फ भने उनले इंगित गरेका छन् ।

यद्यपि, वैशाख ३० मा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका व्यक्त गरे पनि चुनावी तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ४ : ०९ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको