नजुरेको जोडी  « Khabarhub

नजुरेको जोडी 


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा नजुरेको जोडीमा पर्छन् सलमान खान र दीपिका पादुकोण ।

 शाहरुखको फिल्म ‘ओम शान्तिओम’ मार्फत् बलिउडमा उदाएकी अभिनेत्री दीपिकाले सलमानसँग स्क्रिन सेयर गर्न पाएकी छैनन् । दीपिकाले सलमानसँग काम गर्न चाहे पनि यो अवसर मिलेको छैन ।

सलमानले प्राय: आफ्नै ब्यानरका फिल्म गरिरहेकाले पनि दीपिकासँग जोडी नबाँधिएको हो । बेलाबखतमा रियालिटी शो मा देखिने सलमान र दीपिकाले सँगै फिल्म गर्ने इच्छा रहेको बताउने गरेका छन् । 

‘मलाई तपाईँसँग फिल्ममा जोडी बन्ने इच्छा छ । तर, किन मिलिरहेको छैन’, दीपिकाले पछिल्लो समय बिग बोसमा भेट हुँदा सलमानलाई भनेकी थिइन् । सलमानले पनि आफू स्क्रिन सेयर गर्न तत्पर रहेको बताएका थिए । तर,  त्यो पूरा हुन सकेको छैन । सलमानले गरिरहेको फिल्ममा हिरोइनको रोल सशक्त नहुने भएकाले पनि त्यो सम्भव भएको छैन । यसैबीच दीपिकाले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पठान’ मा सलमानले केमियो गरेका छन् । उनले फिल्ममा ‘टाइगरु’ कै भूमिका निर्वाह गरेका हुन् ।  

‘पठान’ को केमियोमा सलमानले दीपिकासँग स्क्रिन सेयर गरेको चर्चा बि–टाउनमा छ । सामाजिक सञ्जालमा एक्सनका दृश्यमा सलमान र शाहरुख खानसँगै दीपिका पनि देखिएको चर्चा चलिरहेको छ ।  यस विषयमा फिल्म टिमले आधिकारिक रूपमा केही बोलेको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : ४६ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो