बेलायतले पनि लगायो पुटिनका छोरीहरुमाथि प्रतिबन्ध « Khabarhub

बेलायतले पनि लगायो पुटिनका छोरीहरुमाथि प्रतिबन्ध


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

पुटिनका छोरीहरुका साथै बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी माथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका विदेशमन्त्री सर्गेई लाभरोभका छोरीहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।”

राष्ट्रपति पुटिनकी छोरी क्याटरिना भ्लादिमिरोभना टिखोनोभा,मारिया भ्लादिमिरोभना भोरोन्सोभा तथा विदेश मन्त्री सर्गेई लाभरोभकी छोरी येकाटेरिना सर्गेइभाना भिनोकुरोभालाई यात्रा प्रतिबन्ध लगाउँदै उनीहरूको बेलायतमा रहेको र सम्पत्ति जफत गरिने निर्णयमा उल्लेख रहेको अमेरिकी समाचार संस्था एनपीआरले जनाएको छ ।

यसअघि गत बुधबार अमेरिकाले पनि पुटिनका छोरीहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : ४५ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल