होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै « Khabarhub

होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– होटल पौवाले नेपाली नयाँ वर्षलाई इभमा तीनवटा शाखामा एकैसाथ सांगीतिक कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ ।

पौवा ग्रुपका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका सञ्चालक रहेका १२ शाखामध्ये तीन वटा शाखामा ‘न्यु इयर इभ’ कार्यक्रम सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

कार्यक्रमअन्तर्गत ३० चैत साँझ भालुवाङमा थारु संस्कृतिमा आधारित साङ्गीतिक कार्यक्रम हुनेछ । यसपछि बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी सङ्गीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । भण्डारीका अनुसार ३० चैत साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारले मनोरञ्जन प्रदान गर्ने छन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुति रहनेछ । यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहनेछ ।

कार्यक्रममा प्रवेश निःशुल्क हुने ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘५० रुपैयाँदेखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको छ,’ भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितलाई निमन्त्रणा कार्डका साथमा लिएर आउन आग्रह छ ।’

‘पछिल्लो समय अंग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिए पनि पौवाले नेपालीले वषौँ देखि मनाउँदै आएको चैत मसान्तमा पुरानो साललाई बिदाई र नयाँ सालको स्वागत गर्नेगरी कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थापनाकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखामा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रम हुँदै आएका छन् ।

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हालसम्म पौवाले कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्थरको आतिथ्य प्रदान गरेको छ ।

चैत महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको ज्ञवालीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ०१ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ