काठमाडौँ– यूएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिइएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले धर्ना दिएका हुन् ।
विरोध कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए ।
युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एम्नेस्टी इन्टरनेशन नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए ।
प्रतिक्रिया