कस्मेटिक व्यवसायी संघमा तिमल्सिना चयन « Khabarhub

कस्मेटिक व्यवसायी संघमा तिमल्सिना चयन


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् ।

शनिबार काठमाडौँमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सीता पराजुली, प्रथम उपाध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा मछिन्द्र खकुरेल, सहकोषाध्यक्षमा सुभाष गोयल, कोषाध्यक्षमा टेकबहादुर काफ्ले, सहसचिवमा नन्दकिशोर रिजाल र सचिवमा चित्रबहादुर बस्नेत चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा कमलकुमार दुगड, नारायण न्यौपाने, सन्तोषकुमार साह, तीर्था भण्डारी, सरिता बोहरा, मुकेश अग्रवाल र दिपेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । संघका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले सौन्दर्य व्यवसायलाई मर्यादित र सम्मानजनक व्यवसायका रूपमा अघि बढाउन आफूले प्रयास गर्ने बताए ।

संघको साधारणसभा उद्घाटन गर्दै प्रमुख कर प्रशासक शम्भुप्रसाद मरासिनीले कस्मेटिक व्यवसाय मेकअप मात्रै नभई मानव स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख गरे ।

संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले सरकारले कस्मेटिक वस्तुलाई दैनिक उपभोग्य वस्तुका रूपमा मान्यता दिनुपर्ने माग गरे । उनले राज्यले अझै पनि कस्मेटिक व्यवसायलाई महत्व नदिएको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि देशभरका कस्मेटिक व्यवसायीले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो ।

नेपाल कस्मेटिक व्यवसायी संघ २०६९ मा स्थापना भएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ०७ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९