अफगानिस्तानमा मार्च महिनामा पत्रकारमाथि दुर्व्यवहारका २२ घटना « Khabarhub

अफगानिस्तानमा मार्च महिनामा पत्रकारमाथि दुर्व्यवहारका २२ घटना


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्च महिनामा अफगानिस्तानमा पत्रकारहरुमाथि हिंसाका २२ घटना भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

अफगानिस्तानको पत्रकार एवम् मिडिया महासंघ (एएफजेएम) ले सार्वजनिक गरेको तथ्यांकमा पत्रकारमाथि मार्च महिनामा २२ हिंसात्मक घटना भएको देखिएको हो ।

यही अवधिमा ८ सञ्चारगृहहरु आर्थिक कारणले बन्द हुन पुगेको महासंघको प्रतिवेदनमा उल्लेख छ । ‘मार्च महिनामा पत्रकारविरुद्ध हिंसात्मक घटनाका २२ उजुरी परेका छन् । पत्रकारलाई दुर्व्यवहार गरेको एक उजुरी परेको छ ।

केही उजुरी पत्रकारलाई बन्दी बनाइएको विषयमा पनि परेका छन् ।’ महासंघका सदस्य अली अजगर अकबरजादालाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएको छ ।

यता तालिबानले भने असमझदारीका कारण केही पत्रकारलाई बन्दी बनाइएको प्रतिक्रिया दिएको छ । तालिबानको इस्लामिक इमिरेटका उपप्रवक्ताले टोलो न्युजलाई भने- ‘केही शाब्दिक वा शारीरिक विवाद हुनसक्छन्, यसका धेरै पाटा छन् । असमझदारीले पनि यस्तो हुन्छ ।’

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : २० बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल