मसालको रक्तिम फुट्यो, शर्माको नेतृत्वमा ३१ सदस्यीय समिति गठन « Khabarhub

मसालको रक्तिम फुट्यो, शर्माको नेतृत्वमा ३१ सदस्यीय समिति गठन


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (मसाल) को सांस्कृतिक मोर्चा औपचारिक रूपमा विभाजन भएको छ ।

रक्तिमले शनिबार ३६औँ स्थापना दिवस मनाउँदै नारायण शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरेको छ ।

रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षमा नीलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा उदय रिजाल, सचिवमा धर्मदेव पन्त र शरद लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा डम्बर भण्डारी चयन भएका छन् ।

पार्टी नेतृत्वले लिएको लाइनप्रति असहमति राखेपछि रक्तिमको संस्थापन पक्षलाई पार्टीले बेवास्ता गर्दै जिम्मेवारीविहीन बनाएको थियो । रक्तिमको बहुसंख्यक सदस्यहरूले संस्थापनको विचारसँग असहमति राखेपछि पार्टी रेम रानाको अध्यक्षतामा छुट्टै समिति बनाएको थियो । उक्त समिति अवैध भएको रक्तिम संस्थापन पक्षले दाबी गरेको छ ।

जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो ।

घोषणासभामा बोल्दै अध्यक्ष शर्माले रक्तिमको ३५ वर्षको यात्रामा आरोह–अवरोहको सामना गर्नु परेको भन्दै आफूहरू सर्वहारा क्रान्तिप्रति उत्तरदायी बनिरहने बताए ।

जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले पछिल्लो समयमा नेपाली समाजमा संस्कृति विचलन सबैतिर देखा परेकोप्रति चिन्ता व्यक्त गर्दै प्रगतिशील सांस्कृतिककर्मीहरू अविचलित रुपमा अगाडि बढ्नुपर्ने बताए ।

रक्तिमका पूर्वअध्यक्ष नारायण योगीले रक्तिमको विरासतपूर्ण इतिहास र त्यसको प्रवाहलाई कसैले रोक्न खोजेर नरोकिने भन्दै यो अझै शक्तिशाली भएर जाने बताए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका युवा नेता चिरन पुनले नेपाली जनसांस्कृतिक इतिहासमा रक्तिमको महत्त्वपूर्ण योगदान रहेको बताए ।

त्यसैगरी अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष मित्रलाल पंगेनीले नेपाली समाजमा विलक्षण क्षमता र सम्भावना भए पनि विभिन्न भागमा विभाजन हुनु दुर्भाग्य भएको बताए ।

रक्तिमको नयाँ कार्यसमिति रहेका कलाकारहरूमा शंकर पुन (गुल्मी), धनबहादुर थापा (बागलुङ), समीर वि.क. (रुपन्देही) पूर्ण राई ‘सर्वहारा’ (मोरङ) , खिमा पुन (म्याग्दी), ज्योति फौजा (पर्वत),पम्फा बन्जाडे (दाङ), माधव भाट क्षेत्री (कपिलवस्तु), बिमा पुन (गुल्मी), नरेश झुकाल (डडेलधुरा), प्रतिभा शर्मा (काठमाडौं), हिक्मत शाही (कालिकोट), राकेश बस्याल (सुर्खेत), सुमन भण्डारी ‘संसार’ (प्युठान), कमला क्षेत्री (नवलपुर), सुजन थापा (कास्की), ईश्वर पाण्डे (बाँके) र कृति पुन (डोटी) । सदस्यको तीन स्थान हाललाई रिक्त राखिएको छ । सल्लाहकारहरूमा संयोजक नारायण योगी (दाङ), सदस्यहरू सुरेन्द्र भण्डारी (मोरङ) र नबिना के.सी. (काठमाडौं) । सल्लाहकार सदस्यको पनि दुई स्थान हाललाई रिक्त राखिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ०३ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो