प्रथम टी-२० मेयर कप क्रिकेट: राजविराजलाई उपाधि | Khabarhub Khabarhub

प्रथम टी-२० मेयर कप क्रिकेट: राजविराजलाई उपाधि


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सप्तरीको राजविराजले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको सहकार्यमा विराटनगर–१९ मा रहेको खेल मैदानमा आज भएको फाइनलमा मधेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजविराजले उपाधि जितेको हो ।

उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको छ ।

उपविजेता जनकपुरधामले ५१ हजार र ट्रफिमा चित्त बुझाउनु परेको छ ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेका थियो ।

राजविराजका लागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्वअन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन, अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए ।

जनकपुरका सुमन रायले ४ ओभरमा ९ रन  दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले २–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।

९८ रनको सामान्य रनको लक्ष्य पाएको जनकपुरले पूरै २० ओभर खेल्दै ८७ रनमा सीमित भएको थियो । जनकपुरका लागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकबर अलि र रञ्जित यादवले ११–११ रन जोडेका थिए ।

राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र आलमले १ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उसले नगद ११ हजार पुरस्कार पाए ।

उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव घोषित भए । दुवैले नगद ५–५ हजार पुरस्कार पाए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ३५ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,