हरेक दृष्टिकोणले हेर्ने हो भने हाम्रो सहर व्यवस्थित छैन । जुन ठाउँमा जे-जे हुनु पर्ने हो छैन । सहर भनेको बस्न लायक हुनुपर्दछ । तर अहिले सबैले स्मार्ट सिटी बनाउने मात्र भन्नु हुन्छ । तर स्मार्ट सिटी कसरी बनाउने भन्ने आइडिया नै कसैसँग छैन ।
विदेशमा कुनै कन्फ्रेन्समा गयो भने उहाँहरुले विकास भनेको दिगो हुनुपर्दछ भन्नुहुन्छ । तर प्राकृतिक स्रोत र साधनको क्षमताअनुसार पनि गरिनु पर्दछ र त्यसरी बनेको सहर हेर्ने हो भने कीर्तिपुरमा भएको सांस्कृतिक साधनको कसरी संरक्षण गर्नुपर्छ, त्यो हामीलाई सिकाउनु हुन्छ। जब कि यो हामी आफैले जान्नु पर्ने कुरा हो ।
हाम्रोमा विकास भन्ने बित्तिकै ठूला-ठूला घरहरु, बाटो बनाउने भन्ने बुझिन्छ । त्यो भन्दा पनि सहर भनेको एकदमै दिगो हुनुपर्यो । सहर भनेको गाडी चलाउनेहरूको लागि मात्र हुन भएन । महिला, बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक सबैको हितमा हुनुपर्यो । सडक साइकल मैत्री बनाउने त भन्छौँ । तर यो कसरी बनाउने त भन्ने कुरा आउँछ । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने केही गाह्रो छैन ।
पाटनको कुरा गर्ने हो भने कोर एरियालाई ‘पेडेस्टनाइज’ गरेपछि खाली साइकल मात्र छिर्न दिऔँ । तर पार्किङ सम्बन्धितलाई दिनु पर्यो । हाम्रो सहर भनेको आर्थिक रुपमा पनि अगाडि हुनुपर्यो । वातावरण मात्र जोगाएर अर्थतन्त्रलाई तल पार्न हुँदैन । हाम्रो आथिक स्रोतको वृद्धि भनेको पर्यटन विकास नै हो ।
साइकलको विकास हेर्ने हो भने साइकलको लागि पनि पार्किङको व्यवस्था हुनुपर्दछ । बाहिर पनि पहिला हाम्रो देशको जस्तै कार बसहरुलाई मात्र प्राथमिकता थियो । तर बिस्तारै साइकल मैत्री सहर बनाए । हाल हरेक सहरमा साइकलको लागि पार्किङ राखिएको छ । हाम्रोमा पनि त्यसो गर्न सकिन्छ ।
साइकल मैत्री सहर बनाउन नीति त बन्यो तर कार्यान्वयन भएन । ‘ल्यान्ड पुलिङ’ भैरहेको छ । हाउजिङहरुले आफ्नो-आफ्नो गरिराखेको छ । अब त्यहाँ साइकल किन नल्याउने त ? त्यहाँ बाटो बनाउदा साइकलको लागि, फूटपातको लागि पनि हुनुपर्यो । ‘ल्यान्डपुलिङ’हरुमा पनि त्यो बाइलाइनमा राख्न सकिन्छ ।
साइकल लेनहरु यो अनिवार्य छ भनेर भन्ने हो भने हरेक हाउजिङ क्लोनीहरुमा, ल्याण्ड पुलिङहरुमा साइकल लेन हुन्छ । त्यसलाई नियम कानुनले पनि मान्यता दिनुपर्याे । अहिले मान्छेहरुको लिभिङ स्टान्डरर्ड बनाउने भनेको छ । यदि हरेक व्यक्तिको लिभिङ स्टाइन्डर्ड एउटा अमेरिकनको जस्तो भयो भने अहिले नै हामीलाई ५ वटा ‘प्लानेट’ चाहिसक्यो । यस्तो गर्ने हो भने वातावरणको संरक्षण पनि हुन्छ ।
हाम्रो विकास कसरी गर्ने भनेर एकदमै सोचेर गर्ने बेला आइसकेको छ । गर्न नसकिने होइन । अहिले यो काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका ठाउँहरू पैदल मैत्री छन् । साइकल मैत्री छन् । यसलाई व्यवस्थापन गर्नुपर्छ ।
अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने सबै सहरलाई हरियाली बनाउनुपर्छ । त्यो साइकलले हुन्छ । विभिन्न बगैँचाहरूको पनि विकास हामी सबै भएर गरौँ । पानीलाई सही तरिकाले व्यवस्थापन गरौँ । अहिलेको अवस्था हेर्ने हो भने ‘इलेक्ट्रोनिक गुड्स’ धेरै भइसक्यो । यो त्यो भन्दै नानाथरि फैलिसक्यो ।
त्यसलाई हटाएर प्रकृतिलाई असर नपार्ने तरिकाले आफ्नै एउटा साइकल सिर्जना गर्नु पर्दछ । सहरमा नदिहरु पनि सफा गर्नुपर्यो । एउटा माछा मात्र पनि नमरोस् । प्रत्येक समस्यालाई समेटेर एउटा ‘इनोग्रेटिभ’ सहरको परिकल्पना गर्नुपर्दछ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
(खबरहबद्धारा आयोजित ‘साइकलमैत्री सहर’का विषयमा डा.संगीता सिंहले राखेको धारणाको सम्पादित अंशः)
प्रतिक्रिया