गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण « Khabarhub

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी अहिले तीव्र सैन्य गतिविधिका कारण बालबालिकाको लागि बस्न अयोग्य बनिरहेको छ । यूनिसेफको मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय कार्यालयकी सञ्चार व्यवस्थापक टेस इन्ग्रामले यसबारेमा गाजाबाट भिडियो सन्देशमार्फत न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

उनले गाजा सिटीको अवस्था वर्णन गर्दै भने,“यो शहर अहिले डर, पलायन र अन्त्येष्टीको प्रतीक बनेको छ ।” उहाँका अनुसार, झण्डै १० लाख मानिस अझै पनि गाजा सिटीमा बसोबास गरिरहेका छन् र यदि सैन्य आक्रमण अझ तीव्र बनाइयो भने त्यो एक गम्भीर मानवीय विपत्तिमा परिणत हुन सक्छ ।

“त्यो अवस्था अकल्पनीय र अत्यन्त दुःखद हुनेछ, जसलाई रोक्न हामी सबैले सक्दो प्रयास गर्नुपर्छ,” उनले भने।

इन्ग्रामले थपे,“धेरै मानिसहरू पहिले नै आफ्नो घर छोडेर भागिसकेका थिए, तर अहिले फेरि दोस्रोपटक विस्थापन भोगिरहेका छन् । मैले त्यस्ता बालबालिका भेटेँ, जो युद्धको अफरातफरीमा आफ्ना आमाबुबाबाट छुट्टिएका थिए । कतिपय आमाहरूले आफ्ना सन्तानलाई भोककै कारण गुमाइसकेका छन् भने अरूलाई अझै पनि आफ्ना बालबालिकाको ज्यान जाने डर सताइरहेको छ । मैले अस्पतालमा शय्यामा उपचाररत ती साना शरीरहरू देखेँ, जुन शरपनेलको चोटबाट गम्भीर रूपमा घाइते थिए ।”

उनका अनुसार, यूनिसेफद्वारा सञ्चालनमा रहेका ९२ पोषण उपचार केन्द्रहरूमध्ये हाल ४४ मात्र क्रियाशील रहेका छन्, जसले गर्दा हजारौं कुपोषित बालबालिका अत्यावश्यक उपचार सेवाबाट वञ्चित भएका छन् ।

“हाम्रो टोलीले अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेको छ । यदि हामीलाई आवश्यक सहयोग तथा व्यापक पहुँचको सुविधा मिलेको भए, हामी अझ धेरै बालबालिकासम्म पुग्न सक्थ्यौं,” उनले स्पष्ट पारे ।

इन्ग्रामले अहिले गाजामा देखिएको मानवीय सङ्कट कुनै आकस्मिक अवस्था नभई, विशिष्ट निर्णयहरूको प्रत्यक्ष परिणाम भएको बताउँदै भने, “यहाँ फिलिस्तीनी जनताको जीवन प्रणाली क्रमशः ध्वस्त पारिँदैछ । विशेषतः बालबालिकाको दुःख र पीडा योजनाबद्ध रूपमा उत्पन्न भएको जस्तो देखिन्छ, जुन अत्यन्त चिन्ताजनक विषय हो ।”

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १० : ५६ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने