आफैँले पालेको राँगोले हानेर बुबाको मृत्यु, छोरी घाइते « Khabarhub

आफैँले पालेको राँगोले हानेर बुबाको मृत्यु, छोरी घाइते


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा आफैँले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । सुन्दरबजार नगरपालिका- ४ का ४४ वर्षीय खुमबहादुर नेपालीको राँगाले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोठमा राँगो बाँध्न गएका खुमबहादुरलाई राँगोले हानेपछि गम्भीर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल लगिएको थियो ।

बेसीसहरमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा बाटोमै गम्भीर अवस्था भएपछि फर्काएर सुन्दरबजार ९, सिउाडीबारको भोटेओडार अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो रागोले शनिबार साँझ खुमबहादुरकी छोरी २० वर्षीया रविनालाई हानेर घाइते भएकी थिइन् । उनको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । तीन वर्षको सो रागोलाई प्रहरीले गोली हानेर मारेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ३९ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध