दैलेखको आठबीस नगरमा एमाले उम्मेदवारको गाडीमा आगजनी  « Khabarhub

दैलेखको आठबीस नगरमा एमाले उम्मेदवारको गाडीमा आगजनी 


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ  ।

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।

गाडी आठबीस नगरपालिका- ४ राकमकर्णालीको खोलीबजारस्थित श्रृष्टि होटेलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए ।

बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए,’ उनले भने,‘ त्यस कारण खासै क्षति भने हुन सकेन ।’

घटनाबारे इलाका प्रहरी कार्यालय राकमले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : २८ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य