पुटिनले जघन्य अपराध गरे : क्यानडाका प्रधानमन्त्री ट्रुडो « Khabarhub

पुटिनले जघन्य अपराध गरे : क्यानडाका प्रधानमन्त्री ट्रुडो


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् ।

भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने ।

क्रुर युद्धका लागि राष्ट्रपति पुटिन जबाफदेही हुनुपर्ने उनले बताए । भ्रमणका अवसरमा ट्रुडोले किभस्थित क्यानाडाली दूतावासमा झण्डा फहराएका थिए ।

‘क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ’, ट्रुडोले भने, ‘हामी युक्रेन र त्यहाँका जनतालाई हाम्रो समर्थन देखाउन यहाँ छौँ । ’
पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनको दोनेत्स्कमा हमला गरेको छ । रुसी सेनाले एउटा विद्यालयमा गरेको हमलामा ६० जना मारिएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ०५ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन