पुटिनले जघन्य अपराध गरे : क्यानडाका प्रधानमन्त्री ट्रुडो « Khabarhub

पुटिनले जघन्य अपराध गरे : क्यानडाका प्रधानमन्त्री ट्रुडो


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् ।

भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने ।

क्रुर युद्धका लागि राष्ट्रपति पुटिन जबाफदेही हुनुपर्ने उनले बताए । भ्रमणका अवसरमा ट्रुडोले किभस्थित क्यानाडाली दूतावासमा झण्डा फहराएका थिए ।

‘क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ’, ट्रुडोले भने, ‘हामी युक्रेन र त्यहाँका जनतालाई हाम्रो समर्थन देखाउन यहाँ छौँ । ’
पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनको दोनेत्स्कमा हमला गरेको छ । रुसी सेनाले एउटा विद्यालयमा गरेको हमलामा ६० जना मारिएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ०५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा