अर्थमन्त्री शर्माको गृहजिल्लामा कांग्रेस-माओवादीको झडप रोक्न संयुक्त अपिल « Khabarhub

अर्थमन्त्री शर्माको गृहजिल्लामा कांग्रेस-माओवादीको झडप रोक्न संयुक्त अपिल


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।

कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए ।

अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ । शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँच जना घाइते भएका थिए । त्यसयता पनि चाैरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : १५ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध