स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए « Khabarhub

स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।

उनका अनुसार ५ सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । ५ सय सम्म मतदाता रहेको केन्द्रमा १ जना सहायक कर्मचारी र ५ सय बढी मतदाता रहेको केन्द्रमा २ जना सहायक कर्मचारी खटिने भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा १ सय २३ मतदानस्थल छन् ।

यसमा १ सय ८२ मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ८२ जना मतदान अधिकृत र १ सय ८२ जना नै सहायक मतदान अधिकृत खटिने छन् । यसमा ३ सय ४९ जना सहयोगी कर्मचारी र १ सय ८२ जना कार्यालय सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ३५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी