म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– स्थानीय तह निर्वाचनको दिन वैशाख ३० आउन अब ४ दिन मात्र बाँकी रहँदा  म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । 

मतदान केन्द्र र मतदानस्थलमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदानस्थलमा खटाउने तयारी भएको छ भने निर्वाचन सुरक्षा रणनीति पनि तयार पारेर कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उम्मेदवार र राजनीतिक दलले पनि चुनावीसभा, घरदैलो अभियान र मतदाता शिक्षालाई अन्तिम चरणमा पुर्‍याएका छन् भने मतदाता मतदान गर्ने दिनको पर्खाइमा छन् । निर्वाचनलाई शान्ति र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभरका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्षीत गरी मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थासम्मका लागि सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।    

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाउन लागिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ७४ स्थानका ११४ मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत, ११४ मतदान केन्द्रमा २१९ सहायक कर्मचारी एवं प्रत्येक केन्द्रमा एक-एक कार्यालय सहयोगी खटाइने तयारी भएको छ ।

निर्वाचन सम्पन्न गराउनका लागि ५६१ कर्मचारी खटाइएको र प्रत्येक केन्द्रमा तीन जनाका दरले स्वयंसेवक मतदान अधिकृत तोक्ने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए । उनका अनुसार जिल्लामा ९६ हजार थान मतपत्र एवं निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको छ । मतदान अधिकृतलाई नियुक्ति दिएपछि मतदानस्थलका लागि आवश्यक सम्पूर्ण सामग्री बुझाएर मतदान केन्द्रतर्फ पठाइने तयारी भएको छ ।

जिल्लामा १५ स्थानका ३० मतदान केन्द्र अति संवेदनशील, ४९ स्थानका ७२ मतदान केन्द्र संवेदनशील र १० स्थानका १२ मतदान केन्द्र सामान्य गरी वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । कूल ७४ स्थानका ११४ मतदान केन्द्रमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक अन्य गरी कूल ८५ हजार ३७५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

म्याग्दीमा रहेको छ वटा स्थानीय तहका ४५ वडामध्ये धौलागिरि गाउँपालिका–१, गुर्जामा निर्विरोध भएसँगै अन्य ४४ वडामा वडाध्यक्ष, छ वटा  स्थानीय तहका १२ प्रमुख, उपप्रमुख र प्रत्येक वडामा चार सदस्य गरी कूल २३२ पदका लागि ७१८ जना चुनावी प्रतिस्पर्धामा छन् ।जिल्लाका छ वटा स्थानीय तहको प्रमुखमा २९ उपप्रमुखमा २३ उम्मेदवार  छन् । अब निर्वाचन हुन बाँकी ४४ वडाध्यक्षका लागि १४८ र ८८ खुल्ला सदस्यका लागि २७३, ४४ महिला सदस्यका लागि १२४ र ४४ दलित महिला सदस्यका लागि ११६ जना चुनावी मैदानमा रहेका जनाइएको छ ।

धौलागिरि तथा अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मात्रै सामान्य गठबन्धन भए पनि मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकामा भने एकल प्रतिस्पर्धा हुँदैछ । जिल्लामा ४३ हजार ९६० महिला, ४१ हजार ४१४ पुरुष र एक अन्य गरी कूल ८५ हजार ३७५ मतदाता छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ३५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या