अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा | Khabarhub Khabarhub

अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।  

हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।

हत्याको विरोधमा भरतपुरमा एक घण्टा चक्का जाम गरिएको थियो भने कार्यकर्ताले एउटा म्याजिकमा तोडफोड पनि गरेका छन् । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति करिब साढे ७ बजेको समयमा अज्ञात समूहले परियारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो । 

घटनास्थलमा गोलीको दुईवटा खोका पनि फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । ‘घटना हुनुमा अहिलेसम्म कुनै राजनीतिक कारण देखिएको छैन्’, उनले भने, ‘पीडितको पक्षबाट जाहेरी आएपछि पोष्टमार्टमको काम हुन्छ ।’ परियारलाई उनकै साथीले घटनास्थलसम्म लगेको खुलेको उनले बताए ।

उपचारका लागि चितवन मेडिकल कलेजतर्फ लैजाँदै गर्दा परियारको मृत्यु भएको हो । नेपाली कांग्रेस चितवन र विभिन्न भ्रातृ संगठनले सोमबार विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन् ।

भरतपुर–१२ निवासी परियारको हत्या निर्वाचनसम्बन्धी विषयका कारण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताएका छन् । एसपी अधिकारीले भने, ‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’

उनको भारतीय गुण्डाहरुसँग राम्रो चिनजान थियो । उनी बेलाबखत भारत जाने र भारतीय साथीहरू पनि चितवन आइरहने गरेको स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्यामा भारतीय एक नागरिकको पनि संलग्नता रहेको प्रहरीको आशंका छ । 

सोही व्यक्तिलाई पक्राउ गर्नका लागि चितवन प्रहरीले सबै प्रहरीलाई सर्कुलर जारी गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : १३ बजे

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ