अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा « Khabarhub

अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।  

हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।

हत्याको विरोधमा भरतपुरमा एक घण्टा चक्का जाम गरिएको थियो भने कार्यकर्ताले एउटा म्याजिकमा तोडफोड पनि गरेका छन् । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति करिब साढे ७ बजेको समयमा अज्ञात समूहले परियारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो । 

घटनास्थलमा गोलीको दुईवटा खोका पनि फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । ‘घटना हुनुमा अहिलेसम्म कुनै राजनीतिक कारण देखिएको छैन्’, उनले भने, ‘पीडितको पक्षबाट जाहेरी आएपछि पोष्टमार्टमको काम हुन्छ ।’ परियारलाई उनकै साथीले घटनास्थलसम्म लगेको खुलेको उनले बताए ।

उपचारका लागि चितवन मेडिकल कलेजतर्फ लैजाँदै गर्दा परियारको मृत्यु भएको हो । नेपाली कांग्रेस चितवन र विभिन्न भ्रातृ संगठनले सोमबार विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन् ।

भरतपुर–१२ निवासी परियारको हत्या निर्वाचनसम्बन्धी विषयका कारण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताएका छन् । एसपी अधिकारीले भने, ‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’

उनको भारतीय गुण्डाहरुसँग राम्रो चिनजान थियो । उनी बेलाबखत भारत जाने र भारतीय साथीहरू पनि चितवन आइरहने गरेको स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्यामा भारतीय एक नागरिकको पनि संलग्नता रहेको प्रहरीको आशंका छ । 

सोही व्यक्तिलाई पक्राउ गर्नका लागि चितवन प्रहरीले सबै प्रहरीलाई सर्कुलर जारी गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : १३ बजे

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न

कुलमानको निर्वाचन खर्च १४ लाख

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन