निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो « Khabarhub

निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरु गरिएको  छ । 

स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्न थालेको हो । 

निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मीलगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झन्डा तथा चुनाव चिह्न हटाउन सुरु गरिएको हो । 

सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायत स्थानमा राखेको झन्डा हटाइएको छ । निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा, पोस्टर निर्वाचन चिन्ह नास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको जिल्ला मुख्य निर्वाचन अधिकृत विकास शर्माले जानकारी दिए ।

जिल्लामा क्रियाशील दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफल समेत गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । पटकपटक निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई ताकेता गरे पनि कार्यान्वयन नभएको आयोगले जनाएको छ । 

बजार क्षेत्र लगायतका सार्वजानिक स्थानमा राखिएको झन्डा ब्यानर हटाएको छ । यस्तै, सार्वजानिक तथा निजी गाडीमा राखेको झन्डासमेत प्रहरीले निकाल्न लगाएको छ ।

यसअघि बैठकमा निर्वाचन आचारसंहिता पालना गर्ने दलहरूले प्रतिबद्धता जनाएका थिए । सिन्धुपाल्चोक जिल्लामा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिह्न प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन नियमानुसारभन्दा धेरै सवारीसाधन प्रयोग सिन्धुपाल्चोकका प्रमुख आचारसंहिता उल्लङ्घनका क्रियाकलाप हुन् । 

सिन्धुपाल्चोकमा यसअघि विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी