जी ७ का नेताद्वारा जेलेन्स्कीसँग छलफल, रुसी ऊर्जा माथिको निर्भरता हटाउने प्रतिबद्धता « Khabarhub

जी ७ का नेताद्वारा जेलेन्स्कीसँग छलफल, रुसी ऊर्जा माथिको निर्भरता हटाउने प्रतिबद्धता


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका ७ प्रमुख अर्थतन्त्रहरूको समूह जी ७ का नेताहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गरेका छन् ।

जी ७ का नेताहरूले भिडियो लिंकमार्फत जेलेन्स्कीसँग युक्रेनमा जारी रुसी आक्रमणका बारेमा छलफल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

छलफलका क्रममा जी ७ का नेताहरूले रुसबाट हुने तेल तथा अन्य उर्जाको आयातलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने वा विस्तारै कटौति गर्दै लैजाने विषयमा सहमति गरेका छन् ।

छलफलका क्रममा अमेरिकाले रुसको प्रमुख बैंक गाजप्रोमबैंकका कार्यकारीहरू तथा रुसका अन्य व्यवसायिक संस्थाहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ ।

‘हामी रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाएर वा कटौती गरेर रुसी ऊर्जाबाट हाम्रो निर्भरता हटाउन प्रतिबद्ध छौँ ।’ जी ७ का नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘हामी यस कार्य सुमधुर एवम् समय साक्षेप रुपमा गर्नेछौँ ।’

‘दिगो विश्वव्यापी उर्जा आपूर्ति तथा उपभोक्ताका लागि सुपथ मूल्य सुनिश्चित गर्न हामी सँगै र हाम्रा साझेदारहरुसँग काम गर्नेछौँ ।’ संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ४१ बजे

हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल,

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह