सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकाे सोल्टीदोबाटोमा आज ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक घाइते भएका छन् । 

मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालक ६३ वर्षीय ऋषि प्रसाद भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ । 

ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर आज बिहान ८ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ४६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी