स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते « Khabarhub

स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ ।

 नेपाल प्रहरीको कमान्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म मृत्यु भइसकेको छ ।

नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक जना, बागमती प्रदेशमा दुईजना र कर्णाली प्रदेशमा एकजना गरी चारजना म्यादी प्रहरीको मृत्यु भएको हो । 

त्यस्तै झडपमा परी २३ जना म्यादी प्रहरी र १६ जना जनपद प्रहरी गरी ३९ जना घाइते भएका छन् । घाइते हुनेमा प्रदेश १ मा चारजना, मधेश प्रदेश र बागमती प्रदेशमा ६/६ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एकजना म्यादी घाइते भएका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुईजना, गण्डकी प्रदेशमा चारजना गरी १६ जना प्रहरी घाइते भएका छन् । 

निर्वाचनको सुरक्षामा खटिएको समयमा ज्यान गुमाउने सुरक्षाकर्मीलाई २० लाख आर्थिक सहायता दिने निर्णय सरकारले गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो । 

निर्वाचन सुरक्षाको क्रममा घाइते भएका सुरक्षाकर्मी उपचार पनि राज्यले नै गर्दै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ५४ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को