कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ « Khabarhub

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : ०७ बजे

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल