स्थानीय निर्वाचन आउन चार दिन बाँकी, बाराका मतदाता अन्योलमा « Khabarhub

स्थानीय निर्वाचन आउन चार दिन बाँकी, बाराका मतदाता अन्योलमा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको दक्षिण पूर्वी र उत्तरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् ।

 स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाकाबारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् । 

लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्यौलमा परेका हुन् । बिभिन्न राजनीतिक दलका उम्मेदवारले निर्वाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरिकाले मतदाताका बीच जाने गरेको भए पनि जिल्ला निर्वाचन कार्यालयले भने मतदाता शिक्षामा खासै ध्यान दिएको देखिएन । 

जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले मतदाता शिक्षा सम्बन्धी सञ्चार माध्यममा प्रसारण तथा प्रकाशन गर्न लगायत मतपत्रमा मत हाल्न मतदातालाई शिक्षा दिएको जानकारी दिए । 

तर, निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी सञ्चार माध्यममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रित गरेकाले जिल्लाको ग्रामीण बस्तीमा मतदाता शिक्षा प्रायः शून्य देखिएको छ ।

मतदाता शिक्षाको अभावका कारण निर्वाचनमा आधिकांश मत बदर हुने सम्भावना रहेको छ । जसको प्रत्यक्ष प्रभाव निर्वाचनको मतदान पर्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ५५ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर