एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : अध्यक्ष ओली « Khabarhub

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : अध्यक्ष ओली


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् ।

अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी मतगणनासम्म लैजान पार्टीका कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

एमाले सरकारमा रहँदा मुलुकमा विकासको लहर सुरु हुने र शासन व्यवस्थामा पनि सुधार आउने उनको दाबी थियो ।

उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका  भन्दै उनको आसन्न निर्वाचनमा एमालेले विजय हासिल ग विश्वास व्यक्त गरे । 

पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे ।

वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर समृद्धि र विकासका पक्षमा उभिन उनले आग्रह गरे ।

नेकपा एमालेका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले पोखरालाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धतासहित आफूहरू चुनावी अभियानमा जुटेको उनले बताए । शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा सबै जनताको पहुँच पुर्‍याउने र पोखरालाई उत्कृष्ट महानगरका रुपमा स्थापित गर्ने उनले बताए । उपप्रमुख पदका उम्मेदवार मञ्जुदेवी गुरुङले जनताको सेवक बनेर महानगरवासीलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्ने बताए । 

पोखरा महानगरलाई विकटबाट निकट बनाउन पूर्वाधार विकासका कामअघि बढाएको बताउँदै उनले महानगरलाई अझै सुन्दर बनाउन साहित्य, संस्कृति, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ०९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १