एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : अध्यक्ष ओली


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् ।

अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी मतगणनासम्म लैजान पार्टीका कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

एमाले सरकारमा रहँदा मुलुकमा विकासको लहर सुरु हुने र शासन व्यवस्थामा पनि सुधार आउने उनको दाबी थियो ।

उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका  भन्दै उनको आसन्न निर्वाचनमा एमालेले विजय हासिल ग विश्वास व्यक्त गरे । 

पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे ।

वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर समृद्धि र विकासका पक्षमा उभिन उनले आग्रह गरे ।

नेकपा एमालेका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले पोखरालाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धतासहित आफूहरू चुनावी अभियानमा जुटेको उनले बताए । शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा सबै जनताको पहुँच पुर्‍याउने र पोखरालाई उत्कृष्ट महानगरका रुपमा स्थापित गर्ने उनले बताए । उपप्रमुख पदका उम्मेदवार मञ्जुदेवी गुरुङले जनताको सेवक बनेर महानगरवासीलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्ने बताए । 

पोखरा महानगरलाई विकटबाट निकट बनाउन पूर्वाधार विकासका कामअघि बढाएको बताउँदै उनले महानगरलाई अझै सुन्दर बनाउन साहित्य, संस्कृति, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ०९ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा