पाकिस्तानमा पानीको अभाव बढ्दै « Khabarhub

पाकिस्तानमा पानीको अभाव बढ्दै


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबको ५ वर्षमा पाकिस्तान जल संकटबाट सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा दशौँ नम्बरमा पुग्ने प्रक्षेपण गरिएको छ ।

पाकिस्तानमा देखिएको जल संकटको व्यवस्थापन हुन नसकेको खण्डमा आगामी ५ वर्षमा पाकिस्तान पानीको अभावबाट प्रभावित मुलुकहरुको सूचीमा दशौँ नम्बरमा पुग्ने प्रक्षेपण गरिएको हो ।

छैटौँ दिगो विकास लक्ष्यका विषयमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका प्रतिनिधि मुनिर अक्रमले विश्वमा पाकिस्तान पानीको अभावबाट प्रभावित मुलुकहरुको सूचीमा दशौँ नम्बरमा पुग्ने जनाएका हुन् ।

उनले विश्वव्यापी मौसम परिवर्तनका कारण पाकिस्तानमा जल संकट देखिएको समेत बताए ।

उनले हाल पाकिस्तान जल संकटबाट धेरै नै प्रभावित भएको समेत स्वीकार गरेको पाकिस्तानी टेलिभिजन च्यानल एआरवाईले जनाएको छ ।

जल संकट समाधानका लागि ५ चरणमा पहल हुनुपर्ने उनको भनाइ छ । उनका अनुसार वित्तीय क्षेत्र, डेटा तथा सूचना, क्षमता विकास, नवप्रवर्तन र शासनबाट पहल भएको खण्डमा जल संकट समाधान हुनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ५५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा