आज बिहीबार के कस्ता कामकाजहरु शुभ र अशुभ हुन्छन् ? ज्योतिष शास्त्र यसो भन्छ- « Khabarhub

आज बिहीबार के कस्ता कामकाजहरु शुभ र अशुभ हुन्छन् ? ज्योतिष शास्त्र यसो भन्छ-


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योतिष शास्त्रमा विभिन्न समय अनुसार विभिन्न कामकाजहरू गर्ने निर्देशन गरिएको छ । तिथी, मुहूर्त, नक्षत्र, योग, करण, लग्न , नवमांश आदि विभिन्न कुराहरू अनुसार विभिन्न कार्यहरू गर्ने निर्देशन ज्योतिष शास्त्रमा गरिएको हुन्छ । त्यस मध्ये बार अनुसार गरिने कामकाजहरुको बारेमा पनि ज्योतिष शास्त्रहरुमा चर्चा गरिएको छ ।

सबै कुरा हेर्न नसके पनि बारको बारेमा सबैलाई नै ज्ञान हुने भएकाले बारको आधारमा पनि के कस्ता कामकाजहरू गर्दा शुभ हुन्छ भन्ने कुराको वर्णन ज्योतिष शास्त्रमा गरिएको छ । यदि हरेक बार गर्न नमिल्ने अवस्थाका कामकाजहरुलाई भने हरेक दिन १ घण्टाको विशेष समयमा गर्न सकिने देखिन्छ । हरेक दिन प्रत्येक घण्टा घण्टामा प्रत्येक ग्रहहरूको होरा परिवर्तन हुने गर्दछन् यदि बारको आधारमा ति सम्बधि कामकाजहरु गर्न नमिल्ने अवस्थामा त्यही दिन त्यही ग्रहको होरामा गर्न सकिने कुरा पनि ज्योतिष शास्त्रहरुमा वर्णन गरिएको छ ।

आज बिहीबार ज्योतिष शास्त्र अनुसार बिहीबारको दिनलाई बृहस्पति ग्रहको दिन मानिन्छ । बृहस्पति देवताहरूका गुरु हुन् । यसलाई सौर परिवारमा मन्त्रिको दर्जा दिइएको छ । ज्योतिषीय दृष्टिकोणमा बिहीबारलाई शुभबार मानिन्छ । यस बारमा धार्मिक कामकाजहरु गर्नाले बृहस्पतिको शुभ प्रभाव पर्दछ । निष्काम कामनाले गरिने धार्मिक कामकाजहरु पनि यसबार गर्नु निकै राम्रो मानिन्छ ।

राष्ट्र शान्ति, दरिद्रता शान्ति, बृहस्पतिको दोषबाट पर्न जाने समस्याहरूको लागि यस दिन धार्मिक कार्य गर्दा राम्रो हुने ज्योतिषीय मान्यताहरू रहेको छ । त्यसैगरी कुनै मनोकामना पूरा गर्नको लागि वा कुनै विशेष समस्या समाधानको लागि पनि यस बारको अनुष्ठान निकै फलदायी हुने गर्दछ ।

लामो यात्रा, ठूला ठूला व्यवसाय आदीको कामकाज र शुभारम्भ पनि बिहीबार गर्नु राम्रो हुन्छ । विशेष गरेर गुरुकुल, विद्यालय, कलेज आदिको शुभारम्भ यस दिन गर्नु राम्रो मानिन्छ । शिक्षा र धर्मसँग सम्बन्धित विषयहरूमा बृहस्पतिको सम्बन्ध हुने भएकाले यस क्षेत्रका कामकाजहरु सकेसम्म बिहीबार नै गर्नु राम्रो हुन्छ । सुन, धातु तथा पत्थर सम्बन्धि व्यवसायहरु पनि यस दिन शुभारम्भ गर्न सकिन्छ । कुनै पनि निर्माणको शिलान्यास, नयाँ अफिस वा घरमा शुभारम्भ यस दिन बृहस्पतिको बल बढी हुने भएकाले गर्नु राम्रो मानिन्छ ।

ज्योतिष शास्त्र अनुसार नयाँ कपडा लगाउन पनि बारको विचार गर्नुपर्दछ । बिहीबार भने नयाँ कपडा लगाउन हुने मानिन्छ । बृहस्पतिको रंग पहेँलो भएकाले बिहीबार पहेँलो रंगको बढी प्रयोग गर्नु राम्रो हुने मानिन्छ । भौतिक सुख सुविधा दिने ग्रह शुक्र भएपनि आध्यात्मिक सुख सुविधा दिने ग्रह बृहस्पति हो । हिन्दुधर्म अनुसार आध्यात्मिक सुख पाउन वा मृत्युपछि मोक्ष पाउनको लागि पनि बिहीबारको उपासना राम्रो मानिन्छ । कुनै विशेषकार्यको खुशियाली तथा रथयात्राहरू पनि यस दिन राम्रो मानिन्छ ।

मानिसलाई हरेक समयमा ठीक बेठीक छुट्याउन कानुन या न्यायको पनि आवश्यकता पर्दछ । बृहस्पतिलाई न्याय वा कानुनसँग सम्बन्धित ग्रह मानिने भएकाले यस दिन कानुनी कामकाजको प्रक्रिया अघि बढाउनु राम्रो हुन्छ । धार्मिक कार्यहरू पुराण, विवाह, व्रतबन्ध, जस्ता ठूलाठूला कार्यहरू पनि यही बार गर्नु राम्रो मानिन्छ । गणित, ज्योतिष शास्त्र आदिको अध्ययन अध्यापन पनि यस दिन बाट शुभारम्भ गर्नाले सफलता छिटो हात पर्ने मानिन्छ ।

बिहीबारलाई बृहस्पति ग्रहको बार मानिने भएकाले यस दिनलाई शुभ दिन मानिन्छ । हरेक प्रकारका शुभ कार्यहरुको थालनी सकेम्सम्मा बिहीबार नै गर्नु राम्रो हुन्छ । तर अरुको नराम्रो होस भनेर गरिने आभिचारिक कार्यहरू भने यस दिन राम्रो हुँदैन । झगडा तथा मुद्दा मामिला पनि यस दिन राम्रो नहुने कुरा ज्योतिषीय ग्रन्थहरुमा वर्णन गरिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : ३३ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले