अभिनेता हमाल भन्छन्, ‘इतिहासलाई अहिलेको आँखाबाट हेर्दा धेरै कमजोरी देखिन्छ’  « Khabarhub

अभिनेता हमाल भन्छन्, ‘इतिहासलाई अहिलेको आँखाबाट हेर्दा धेरै कमजोरी देखिन्छ’ 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालले आज आफ्नो जन्मदिन मनाइरहेका छन् । प्राय अभिनेता हमाल खुल्दैनन् । उनले आफ्ना कुरालाई रिजर्भ नै राख्न रुचाउँछन् । यद्यपि केही समय अगाडि एक इभेन्टमा उनले आफ्नो ‘आत्मकथा’ सुनाए । आत्मकथा सुनाउँदै गर्दा उनी भन्दै थिए, ‘म खासै खुल्दिनँ । तर, मेरो कथा र संघर्ष पनि उस्तै छ’ । उनले आफ्नो अभिनय यात्रा अद्भूत भएको दाबी समेत गरे । 

उनले आफ्नो प्रवेश पछि नै नेपाली फिल्ममा क्रान्ति भएको पनि दाबी गरे । ‘म जतिबेला फिल्ममा आएँ त्यतिबेलासम्म मुस्किलले दर्जन फिल्म बनेका थिए । तर, पहिलो फिल्म रिलिज भएपछि मैले त्यसयताका १२ वर्ष लगातार दैनिक १२ देखि १४ घन्टासम्म काम गरें,उनले भने ,‘ यो क्रममा मैले मात्र काम गरिन, सँगै अन्य कलाकार र प्राविधिकले पनि काम गरे । मेरो प्रवेशपछि अरु त नभनौं मिनी रिभोल्युसन त भयो नै ।’

आत्मकथाको क्रममा अभिनेता हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको विश्रामका कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा ज्यादा समय अभिनयमा बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । उनको तर्क थियो ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहनेलाई हतोत्साही गर्नु सही थिएन ।’

राजेश हमालले आफ्नो जीवनकालमा विभिन्न भूमिका निर्वाह गरे । धनी मानिस देखि भरियासम्मको भूमिका निर्वाह गरे । धेरैलाई उनले ति सबै भूमिका कसरी निर्वाह गरे होलान् भन्ने जिज्ञासा थियो । हमालले आफ्नो कथा बताउने क्रममा यसको विषयमा पनि प्रस्टीकरणसमेत दिए । ‘ आजभोलि जसको भूमिका गर्ने हो उसको बारेमा हप्ता दस दिन अध्ययन गर्ने प्रचलन छ । तर, मैले कहिलै पनि त्यसो गरिँन । मलाई के लाग्छ भने जब तपाईं आफूलाई उसको जुत्तामा उभिएर उसको अवस्था अनुभूत गर्न सक्नुहुन्छ तपाईं जस्तो रोल पनि निर्वाह गर्न सक्नु हुन्छ,’ हमालले भने ।

पछिल्लो केही वर्षयता भने हमाल फिल्म खेल्न डराइरहेका छन् । उनी पर्दामा नदेखिएको लामो समय भइसक्यो । के हमालले अभिनय छाड्न लागेका हुन् ? हमालले नयाँ शैलीमा आउन चाहेकोले बीचको समयमा अध्ययन गरिरहेको बताए । ‘फिल्ममा अभिनय गर्ने धोको पुग्यो भन्ने लागेको छैन, ’हमालले भने, ‘नयाँ समयमा कसरी आउने भन्ने सोचिरहेको छ । आफैँ फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेको छ’ ।’ अभिनेता हमालले केहि समय अगाडी आफ्नो आत्मकथा सुनाउने क्रममा बताएता पनि उनले अझै फिल्म मेकिङ्गमा हात हालेका छैनन् । उनी फिल्मको सट्टा पछिल्लो समेत गीत गायन र म्युजिक भिडियोमा अभिनयमै व्यस्त छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : ४३ बजे

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई