इरानमा भवन भत्किँदा २ जनाको मृत्यु | Khabarhub Khabarhub

इरानमा भवन भत्किँदा २ जनाको मृत्यु


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानमा एउटा भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ । मुलुकको पश्चिमा रहेको केरमानशाह प्रान्तमा तीन तले भवन भत्केको हो ।

ग्यास विस्फोटको कारणले दुर्घटना भएको बताइएको छ । केरमानशाहको पावेह काउन्टीको नौसुद सहरमा ग्यास विस्फोटका कारण तीन तले भवन भत्किएको राज्य समाचार एजेन्सी इर्नाले जानकारी दिएको छ । .

‘अहिलेसम्म दुईको ज्यान गइसकेको छ, चार जना घाइते भएका छन् र कम्तीमा एक जना बेपत्ता छन्,’ राष्ट्रिय आपतकालीन सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई बताएका छन् ।

गत मे २३ मा दक्षिणपश्चिमी खुजेस्तान प्रान्तको अबदान सहरमा निर्माणाधीन १० तले भवन भत्किँदा ४३ को मृत्यु भएको थियो । पछिल्लो समय इरानमा भवन भत्किने दुर्घटनाहरु बढेको बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : १९ बजे

बागलुङको लाम्मेलामा आगलागी

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा

सोलुखुम्बु– यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १०

व्यासका एक सय किसानलाई पशुपालन तालिम

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित