इरानमा भवन भत्किँदा २ जनाको मृत्यु « Khabarhub

इरानमा भवन भत्किँदा २ जनाको मृत्यु


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानमा एउटा भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ । मुलुकको पश्चिमा रहेको केरमानशाह प्रान्तमा तीन तले भवन भत्केको हो ।

ग्यास विस्फोटको कारणले दुर्घटना भएको बताइएको छ । केरमानशाहको पावेह काउन्टीको नौसुद सहरमा ग्यास विस्फोटका कारण तीन तले भवन भत्किएको राज्य समाचार एजेन्सी इर्नाले जानकारी दिएको छ । .

‘अहिलेसम्म दुईको ज्यान गइसकेको छ, चार जना घाइते भएका छन् र कम्तीमा एक जना बेपत्ता छन्,’ राष्ट्रिय आपतकालीन सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई बताएका छन् ।

गत मे २३ मा दक्षिणपश्चिमी खुजेस्तान प्रान्तको अबदान सहरमा निर्माणाधीन १० तले भवन भत्किँदा ४३ को मृत्यु भएको थियो । पछिल्लो समय इरानमा भवन भत्किने दुर्घटनाहरु बढेको बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : १९ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा