बन्दुक नियन्त्रण गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित « Khabarhub

बन्दुक नियन्त्रण गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण गर्नेसम्बन्धी विधेयक पारित गरेको छ ।

टेक्सास र न्यूयोर्क राज्यमा हालै भएका गोलिकाण्डपछि पेस गरिएको यो विधेयकको पक्षमा २२३ र विपक्षमा २०४ मत खसेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

यस विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको बताइएको छ । यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलीगठ्ठा बिक्री निषेधका लागि अनुमति दिएको छ ।

अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षार गर्नुपर्छ । तर, माथिल्लो सदनबाट यस विधेयक पारित हुने सम्भावन कम रहेको बताइन्छ ।

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बर महिनामा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ६ : २२ बजे

हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल,

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह