एमबीबीसको अध्ययन शुल्क बढ्यो, बीडीएस र बीएससी नर्सिङको कति ? « Khabarhub

एमबीबीसको अध्ययन शुल्क बढ्यो, बीडीएस र बीएससी नर्सिङको कति ?


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका लागि नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको बैठकले चिकित्सा शिक्षाका विभिन्न विषयहरुमा शुल्क बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले निर्धारण गरेअनुसार काठमाडौं उपत्यकामा एमबीबीसएस अध्ययन गर्न ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ ।

अघिल्लो शैक्षिक सत्रमा भने उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको थियो ।

त्यस्तै, उपत्यकाबाहिर एमबीबीएस अध्ययन शुल्क पनि बढेको छ । यसअघिको शैक्षिक सत्रमा उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएकोमा यो वर्ष बढाएर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी बीडीएसको अध्ययन शुल्क पनि बढाइएको छ । अघिल्लो शैक्षिक सत्रमा बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क लाग्दै आएकोमा यो वर्ष २० लाख ९२ हजार २ सय ९० रुपैयाँ नयाँ शुल्क कायम गरिएको छ ।

बीएससी नर्सिङको अध्ययन शुल्क पनि बढेको छ । अघिल्लो शैक्षिक सत्रमा बीएससी नर्सिङको अध्ययन शुल्क १० लाख रहेकोमा यो वर्ष १० लाख ३६ हजार पुर्‍याइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ६ : ५६ बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय